२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअपुग तलव भत्ताकाे विवरण ७ दिन भित्र पठाउन स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको परिपत्र

अपुग तलव भत्ताकाे विवरण ७ दिन भित्र पठाउन स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको परिपत्र


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाई अपुग तलब भत्ता बापतको रकम ७ दिन भित्र माग गरिसक्न परिपत्र जारी गरेको छ। चालु आ.व. २०७६/७७ मा अनुदानतर्फ विनियोजित बजेट मध्ये स्वास्थ्य सेवा तर्फका स्थायी कर्मचारीहरुको तलबभत्ता लगायतका अनिवार्य पठाइएको रकम नपुग भएको भनी धेरै नगरपालिका र गाउँपालिकाले मन्त्रालयलाई पत्राचार गरेपछि मन्त्रालयले अवधि तोकेर अपुग रकम माग गर्न स्थानीय तहलाई परिपत्र गरेको हो।

उक्त परिपत्र गत मंगलबार १३ गतेको दिन जारी भएता पनि मन्त्रालयले शनिबारबाट अपुग तलव भत्ताकाे विवरण ७ दिन भित्र पठाउन स्थानिय तहलाई आदेश दिएको छ।

यस्तो छ परिपत्र

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ