२०८१ पुस १०, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्यबारे छुट्टै पाठ्यक्रम तयार गर्नुपर्ने

सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्यबारे छुट्टै पाठ्यक्रम तयार गर्नुपर्ने


वीरेन्द्रनगर—कर्णाली प्रदेशका युवा–युवतीले सुरक्षित गर्भपतन र यौन तथा प्रजननबारे छुट्टै पाठ्यक्रम तयार गर्नुपर्ने बताएका छन् ।

सिडिएम पार्क मुगुले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गरेको सुरक्षित गर्भपतनबारे छलफलमा सहभागीहरुले यस्तो बताएका हुन् ।
उनीहरुले सबैभन्दा पहिले सोचाइमा परिर्वतन गर्ने खालमा अभियानहरु सञ्चालन गरिनुपर्नेमा जोड दिए ।

सहभागी सुर्खेतका वसन्त जैसीले प्रजनन सम्बन्धी राज्यले छुट्टै ऐन बनाई विषयगत रुपमा समेट्नुपर्ने बताए । उनले सुरक्षित गर्भपतनका कुरालाई वैज्ञानिक ढंगबाट हेरिनुपर्नेमा जोड दिए ।

जुम्लाका रुपलाल देवकोटाले चेतनाको कमीका कारण महिलाहरु समस्याहरुबाट ग्रसित भएका र सबै तहका सरकारले चेतनाका अभियान सञ्चालन गर्नुपर्ने बताए । कार्यक्रमका सहजकर्ता रुपा उप्रेतीले पछिल्लो समय असुरक्षित गर्भपतन गरी आफ्नो जीवन धरापमा पार्ने किशोरी तथा महिलाको संख्या बढेको बताइन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ