गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ स्वास्थ्य राज्यमन्त्री भन्छन्, ‘औषधालयका लागि बजेटको कमी हुने छैन’ स्वास्थ्य राज्यमन्त्री भन्छन्, ‘औषधालयका लागि बजेटको कमी हुने छैन’ हेल्थ आवाज मंगलबार, २०७६ फागुन ६ गते, १४:३० मा प्रकाशित सुर्खेत—स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले प्रादेशिक आयुर्वेद औषधालयको भौतिक संरचना निर्माणको लागि बजेटको कमी हुन नदिने बताएका छन् । सोमबार प्रादेशिक औषधालयको अवलोकन गर्दै मन्त्री रावतले यस्तो बताएका हन् । संघीय सरकार र प्रदेश सरकारले नीति तथा योजना बनाउँदा आयुर्वेद क्षेत्रमा विशेष ध्यान दिनुपर्ने भन्दै मन्त्री रावतले स्वास्थ्य मन्त्रालयले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । औषधालयका भौतिक संरचना निर्माणको लागि आर्थिक अभाव हुन नदिने भन्दै उनले सेवाको प्रभावकारितामा ध्यान दिन आयुर्वेद औषधालयलाई निर्देशन दिएका छन् । आयुर्वेद औषधालय व्यावस्थापन समितिका अध्यक्ष विनोद ढकालले औषधालयमा जनशक्ति र भौतिक संरचनाको कमी रहेको भन्दै भौतिक संरचना निर्माणमा सहयोग गरिदिन राज्यमन्त्रीसँग आग्रह गरे । प्रदेश सरकारलाई ४८ जना कर्मचारीको दरबन्दी पठाएपनि अहिलेसम्म कुनै पहल नगरेको उनले गुनासो गरे । संघीय सरकारले दिएको दरबन्दीअनुसार एकजना डाक्टर करारमा राखिएको जानकारी दिँदै उनले जनशक्ति नहुँदा काम गर्न समस्या भैरहेको बताए । प्रादेशिक आयुर्वेद औषधालयले अहिले कर्णालीका १० जिल्ला र स्थानीय तहमा संचालनमा रहेका आयुर्वेद औषधालयहरुमा औषधी पठाउने गरेको छ । औषधालयले कर्णालीको १० वटै जिल्लामा नसर्ने रोग व्यवस्थापन गर्नको लागि स्वास्थ्य शिविर चाउनुपर्ने भएकोले औषधी ढुवानी गर्न सवारी साधनको अभाव रहेको उनले बताए । क्याटेगोरी : कर्णाली प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पिजीका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २६ सिट यसरी बाँडियो सरकारी शैक्षिक संस्थालाई पिजीको १०२६ सिट न्यूनतम सेवा मापदण्डमा बझाङ अस्पताल पहिलो हुम्लाको स्वास्थ्य चौकी खोल्सीमा शैय्या अभावमा भुइँमै हुन्छ बिरामीको उपचार चिकित्सा शिक्षा आयोगद्धारा एमडी/एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (रिजल्टसहित) नेपाल औषधि थोक व्यवसायी संघको अध्यक्षमा नेपाल निर्वाचित धेरै पढिएका १ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु २ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं ३ सरकारी शैक्षिक संस्थामा पिजीको २०९ सिट थप गर्ने चिकित्सा शिक्षा आयोगको निर्णय ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो सम्झौता ६ निर्देशक डा. अशोकले राजीनामा बुझाएको तीन हप्ता बितिसक्दा पनि नेतृत्वबिहीन गेटा अस्पताल ७ साइड इफेक्ट Kalpana Craft ट्रेण्डिङ यसरी बाँडियो सरकारी शैक्षिक संस्थालाई पिजीको १०२६ सिट BREAKING: स्वास्थ्य सचिव डा. पुष्पा चौधरी राजीनामा दिएर बन्लिन् त विश्व स्वास्थ्य संगठनको जागिरे ? हुम्लाको स्वास्थ्य चौकी खोल्सीमा शैय्या अभावमा भुइँमै हुन्छ बिरामीको उपचार न्यूनतम सेवा मापदण्डमा बझाङ अस्पताल पहिलो कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं कर्णालीका पदाधिकारीलाई काम गर्न रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश इजाजत नपाएको सेवा दिदैं जिगरी पोलिक्लिनिक, बिरामीको स्वास्थ्यमाथि खेलवाड बालिका उपचारमा लापरवाहीको आरोपः काउन्सिलद्वारा अस्पताल र चिकित्सकमाथि छानविन सुरू यसरी बाँडियो सरकारी शैक्षिक संस्थालाई पिजीको १०२६ सिट BREAKING: स्वास्थ्य सचिव डा. पुष्पा चौधरी राजीनामा दिएर बन्लिन् त विश्व स्वास्थ्य संगठनको जागिरे ? हुम्लाको स्वास्थ्य चौकी खोल्सीमा शैय्या अभावमा भुइँमै हुन्छ बिरामीको उपचार न्यूनतम सेवा मापदण्डमा बझाङ अस्पताल पहिलो कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं कर्णालीका पदाधिकारीलाई काम गर्न रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश इजाजत नपाएको सेवा दिदैं जिगरी पोलिक्लिनिक, बिरामीको स्वास्थ्यमाथि खेलवाड बालिका उपचारमा लापरवाहीको आरोपः काउन्सिलद्वारा अस्पताल र चिकित्सकमाथि छानविन सुरू