२०८२ वैशाख १५, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमहासंघको स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

महासंघको स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर


वीरेन्द्रनगर -नेपाल पत्रकार महासंघ सुर्खेतको ३४ औं स्थापना दिवसका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सदस्यलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको आयोजना र प्रदेश अस्पताल कालागाउँ सुर्खेतको प्राविधिक सहयोगमा सोमबार आयोजना गरिएको पत्रकारहरूको स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ ।

शिविरमा जनरल जाँच, आँखा, दाँत साथै सुगर, प्रेसर, मुटु, मृर्गौला, पाठेघरको मुखको क्यानसर परीक्षण, कलेजोसँग सम्बन्धित रोगहरूको परीक्षण गरिएको र ७० जना पत्रकारले स्वास्थ्य जाँच गराएको शाखाका सचिव गोविन्द्र खत्रीले बताए ।

शिविरमा इन्टरनल मेडिसियन कन्सल्टेन्ट फिजिसियन डा. खेम नारायण चालिसे, नेरोगत्र बिशेषज्ञ डा. शक्ति सुवेदी, दन्त रोग बिशेषज्ञ डा. पूर्ण पौडेल, बरिष्ठ ल्याब टेक्निसियन निरीक्षक भरत देवकोटा, ल्याव टेक्निसियनहरू विमला रावत, विकास गिरी, डिलमाया सोमै, अञ्जली बिक र अफ्थफाल्मिक असिस्टेण्ट आरूसा केसीले सेवा दिएका थिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ