२०८२ वैशाख ६, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमहिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी

महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः मन्त्री भण्डारी


वीरेन्द्रनगर—महिला स्वास्थ्य कार्यकर्ता (स्वयंसेवी)को सेवालाई कदर हुनेगरीण् बजेट तथा कार्यक्रममा सम्बोधन गरिने सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रतिबद्धता जनाएका छन् । बिहीबार मन्त्री भण्डारीलाई माग तथा सुझाव पेश गर्न पुगेका नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा)मा आबद्ध सुर्खेतस्थित स्वयंसेवीहरूसँग उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

नागरिकको स्वास्थ्य उपचार तथा प्रवर्द्धनमा स्वयंसेवीहरूको भूमिका उल्लेखनीय रहेको बताउँदै उनीहरूलाई राज्यका निकायबाट कदर हुन नसकेको बारेमा आफू जानकार भएको बताए । त्यसका लागि संघीय सरकारको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा आफ्नो प्रस्तावमा कार्यविधि संशोधन गर्नेबारे छलफल भएको जानकारी गराए ।

कार्यविधि संशोधन भई कार्यान्वयनमा आएपछि न्यूनतम् पारिश्रमिक र थप सहुलियत प्राप्त हुने विश्वास व्यक्त गरे । कर्णाली प्रदेशस्थित स्वास्थ्य सम्बन्धी कार्यक्रममा स्वयंसेवीलाई सहभागिता गराउँदा न्यूनतम पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिइएको समेत जानकारी दिए ।

साथै, नेभाको तर्फबाट दिइएका सुझावलाई ग्रहण गर्दै आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वयंसेवीहरूद्वारा प्रदान गरिने सेवालाई सहज बनाउँदै उनीहरूको सेवालाई कदर हुने गरी सम्बोधन गरिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

यस्तै, स्वयंसेवीहरूले ६० वर्ष उमेर पुगेका स्वयंसेवीहरूको जीवनलाई टेवा दिन प्रति वर्षको ३० हजार रुपैयाँको दरले एकमुष्ट रकम उपलब्ध गराउनुपर्ने, क्षमता अभिवृद्धिका लागि समयसापेक्ष तालिमको व्यवस्था, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकरण गरी कोषमा रकम जम्मा गरिदिनुपर्ने, चाडपर्व खर्च बापत २० हजार रुपैयाँ बराबरको रकम उपलब्ध गराउनुपर्ने, मासिक प्रतिवेदन वापत ७ हजार रूपैँया उपलब्ध गराउनुपर्नेलगायतका माग तथा सुझावहरू पेश गरेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ