२०८१ चैत्र ३१, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालीकोटमा निःशुल्क आँखा शिविर सञ्चालन

कालीकोटमा निःशुल्क आँखा शिविर सञ्चालन


वीरेन्द्रनगर—कालीकोट जिल्लाको मान्ममा निःशुल्क आँखा जाँच तथा मोतिविन्दु शल्यक्रिया शिविर सञ्चालन भएको छ । शुक्रबारदेखि तीन दिनसम्म सञ्चालन हुने शिविरमा कालीकोटलगायत अन्य जिल्लाका आँखाका बिरामीहरूले सेवा लिन सजिलो भएको छ ।

नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र कालीकोटको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सञ्चाालन गरिएको शिविरमा आई केयर फाउन्डेसनले आर्थिक सहयोग गरेको छ । यसअघि जिल्लाको महाबै गाउँपालिका–२ ओदानकुमा सर्जिकल आँखा उपचार शिविर सुरू भएको थियो ।

जिल्ला आँखा उपचार केन्द्र कालीकोटका प्रमुख डबल अधिकारीले शिविर सुरु भएसँगै जिल्लाका नौ वटै स्थानीय तह तथा अन्य जिल्लाका सेवाग्राहीहरूले सेवा लिन सक्ने बताए। उनले भने, ‘बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारका लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली, बिरामीको अस्पताल सम्मको पहुँचमा कमी, वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्नु प्रमुख कारण हो।’

हिमालय आँखा अस्पताल पोखराका नेत्र अधिकृत गोविन्दनाथ योगीले वर्षौंदेखि आँखा नदेखेर थला परेका बिरामीहरूले उपचार पश्चात संसार देख्न पाउँदा आफूलाई खुसी लाग्ने गरेको बताए । उनले भने, ‘बिरामीहरूले डाक्टहरूलाई भगवान दर्जा दिँदा आफूलाई यो सेवा प्रति साँच्चै गौरव लागेको छ । यस्तो सेवा हरेक लाई गर्न पाउँ । आर्थिक अभावका कारण आँखाको उपचार गर्न नसकेकालाई यो शिविरले राहत भएको स्थानीयहरूको भनाइ छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ