२०८१ चैत्र १६, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश अस्पतालले माग्यो १९ जना कर्मचारी

कर्णाली प्रदेश अस्पतालले माग्यो १९ जना कर्मचारी


वीरेन्द्रनगर- कर्णाली प्रदेश अस्पताल सुर्खेतले १९ जना कर्मचारीको माग गरेको छ । अस्पतालका विभिन्न कार्यक्रमका लागि विभन्न पदमा सेवा करारमा कर्मचारी माग गरेको हो ।

सूचना प्रकाशित भएको १५ दिन भित्र कार्यालय समयमा निर्धारित ढांचाको फाराम भरी अस्पतालमा दरखास्त दिन आग्रह गरेको छ ।

मेडिकल अधिकृत, स्वास्थ्य आठौं तहमा ५, फिजियोथेरापिष्ट, स्वास्थ्य सातौ तहमा, मेडिकल ल्याव टेक्नोलोजिष्ट, स्वास्थ्य सातौं तह र अप्टोमेट्रिष्ट, स्वास्थ्य सातौं तहमा एक÷एक जना माग गरेको छ ।

त्यस्तै, स्टाफनर्स, स्वास्थ्य पाचौ तहमा ८, हे.अ., स्वास्थ्य पाचौं तहमा २ र ए.आर.टि. काउन्सीलर (हे.अ.) १ एक जनाको माग गरेको हो ।
परीक्षाको किसिम अन्तरवार्ता हुने र परीक्षा दस्तुरान आठौं तहको एक हजार, सातौं तहको आठ सय र पाचौ तहको पाँच सय बुझाउनुपर्नेछ ।

स्वास्थ्य सेवा नियमावली २०५५÷प्रदेश निजामती सेवा नियमावली २०८० मा सम्बन्धित पदका लागि तोके अनुसारको शैक्षिक योग्यता हासिल गरी सम्बन्धित परिषदमा दर्ता भएको हुनु पर्ने र दरखास्त फारमसँग सम्बन्धित कोर्ष उत्तीर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र, लब्धाङ्क पत्र, म्याद भएको परिषद् दर्ता प्रमाणपत्र, नेपाली नागरिकता र तालीम तथा कार्य अनुभवको प्रमाणपत्रहरुको (सरकारी स्वास्थ्य संस्थाको) प्रमाणित प्रतिलिपिहरु चाहिने छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ