वीरेन्द्रनगर—सुर्खेतको वीरेन्द्रनगरमा चालू आर्थिक वर्षमा एक ४३ क्षयरोग बिरामी भेटिएका छन् । सोमबार क्षयरोग दिवसका अवसरमा वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा चालू आर्थिक वर्षको १ फागुनसम्ममा एक ४३ बिरामी भेटिएको जानकारी दिइएको हो ।
‘हामी क्षयरोग अन्त्य गर्ने सक्छौंं लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको अवश्यकता’ भन्ने नाराका साथ वीरेन्द्रनगर नगरपालिकाले क्षयरोग दिवस मनाएको छ ।
अघिल्लो वर्ष दुई ५० बिरामी भेटिएका उनीहरुलाई उच्च निगरानीमा राखेर उपचार भइरहेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्रदेव गिरीले बताए । ‘क्षयरोग नियन्त्रणका लागि नगरपालिकाले जाँच तथा शिविरहरु चलाउँदैं आएको छ,’ उनले भने, ‘बिरामी भेटिएमा स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचार गर्ने गरेका छौं ।’
सुर्खेतमा वीरेन्द्रनगरमा पछिल्लो चरणमा बढ्दो सहरीकरणलाई ध्यानमा राखेर अहिले काम गरिरहेको नगर प्रमुख मोहनमाया ढकालले बताइन् । ‘क्षयरोगलगायतका अन्य स्वास्थ्य क्षेत्रमा निरन्तर काम गरिरहेका छौं,’ उनले भने, ‘यहाँ सहरीकरण बढ्दो क्रममा रहेका कारणले स्थायी र अस्थायी बसोबास गर्नेलाई ध्यान राखेर स्वास्थ्य क्षेत्रमा काम गरिरहेका छौं ।’