२०८१ फागुन ९, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा ९५ प्रतिशत किशोरीलाई लगाइयो एचपिभी खोप

कर्णालीमा ९५ प्रतिशत किशोरीलाई लगाइयो एचपिभी खोप


वीरेन्द्रनगर—कर्णाली प्रदेशमा ९५ प्रतिशत किशोरीमा पाठेघरको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णालीका १० जिल्लामध्ये आठ जिल्लामा किशोरीलाई क्यान्सर विरुद्धको एभपिभी खोप लगाइएको हो ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रविन खड्काअनुसार सबैभन्दा बढी जाजरकोटमा १०५ प्रतिशत, सुर्खेतमा १०३ प्रतिशत, रुकुमपश्चिममा ९७ प्रतिशत, दैलेखमा ९७ प्रतिशत, सल्यान ९४ प्रतिशत, मुगुमा ९४ प्रतिशत, कालिकोटका ९२ प्रतिशत र जुम्ला जिल्लामा ९६ प्रतिशत किशोरीलाई क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको हो ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशका एक लाख २० हजार ५१० जना किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप लागाइने योजना थियो ।

कर्णालीका १० दश जिल्लामध्ये जुम्लाका ८ हजार ८ सय २९ जना, मुगुका चार हजार ३७९ जना, डोल्पा दुई हजार ६४१ जना, हुम्लाका तीन हजार ७३६ जना, कालिकोट ११ हजार ९२३ जना, रुकुमपश्चिम १२ हजार १०६ जना, सल्यानमा १४ हजार ५१३ जना, सुर्खेत २८ हजार ३४० जना, जाजरकोट १५ हजार ९५२ जना र दैलेखमा १८ हजार ९१ जना किशोरीसहित कुल १ लाख २० हजार ५१० जना किशोरी खोप लगाउने योजना रहेको थियो ।

हुम्ला र डोल्पा जिल्लामा किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप चैत्र र बैशाख महिनामा सञ्चालन हुने कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. खड्काले बताए । ‘हिमाली जिल्लाका विद्यालयमा जाडो विदा भएको कारणले चैत्र र बैशाख महिनामा खोप लगाउने योजना रहेको छ,’ उनले भने, ‘कर्णालीका अन्य आठ जिल्लाका किशोरीलाई एचपिभी खोप दिइएको हो ।’

 


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ