२०८१ फागुन ८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहुम्लाको स्वास्थ्य चौकी खोल्सीमा शैय्या अभावमा भुइँमै हुन्छ बिरामीको उपचार

हुम्लाको स्वास्थ्य चौकी खोल्सीमा शैय्या अभावमा भुइँमै हुन्छ बिरामीको उपचार


जुम्ला—हुम्लाको सिमिकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाई खोल्सीमा शैय्याको अभाव भएको छ । सामुदायिक स्वास्थ्य इकाईमा शैय्या अभाव भएपछि सेवा लिने बिरामीले सास्ती खेप्नु परेको हो ।

स्वास्थ्य संस्थामा दैनिक सेवा लिनका लागि आएका बिरामीका लागि स्वास्थ्य संस्थामा उपलब्ध हुने बिरामी शैय्या नभएपछि भुइँमा सेवा दिनुपर्ने बाध्यता छ । उक्त वडाका १ सय ५० भन्दा बढी घरधुरीले सेवा लिन आएका बिरामीहरू हाल भुइँमा बसेर उपचार गर्न बाध्य भएको स्थानीय सेवाग्राही दिलबहादुर सिंहले बताए ।

भौतिक संरचनाको मात्रै अभाव नभएर सो स्वास्थ्य संस्थामा लामो समयदेखि खानेपानी र शौचालयको पनि समस्या हुने गरेको स्थानीयले बताएका छन् । खानेपानी र शौचालयको समस्या भएपछि यतिखेर उक्त ठाउँका सेवाग्राही कान्ति अधारभूत विद्यालयको धाराको सहायता लिनु परेको छ भने सोही विद्यालयको शौचालयमा गएर शौच गर्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।

स्वास्थ्य संस्थाका इन्चार्ज धिरिन शाहीले चिसो मौसमका कारण दैनिक ३० भन्दा बढी बिरामीहरू आउने गरेको र उनीहरूलाई सेवा दिन असहज भएको बताए ।

‘संस्थाको भवन नहुँदा यतिखेर भाडामा चलाउँदै आएको भवन अभावका कारण स्थानीयलाई खुल्ला चौरमा बसाल्ने ठाउँ समेत नभएपछि खुल्ला चौरबाट पालैपालो बोलाएर औषधि वितरण तथा चेकजाँच गर्नुपर्ने बाध्यता रहेको छ,’ उनले भने । गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीले आर्थिक अभावका कारण भौतिक संरचनाको व्यवस्था गर्न नसकिएको बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ