२०८१ माघ २२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रक्तदान कार्यक्रम

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रक्तदान कार्यक्रम


जुम्ला—श्रमजीवी पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपालको २७ औं स्थापना देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । श्रमजीवि पत्रकारको पेशागत सुरक्षाका निम्ति २६ वर्षदेखि अनवरत वकालत गर्दै आएको प्रेस चौतारीले स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेर मनाइएको हो ।

यसैबीच जुम्लामा प्रेस चौतारी नेपालको २७ औं स्थापना दिवसका अवसरमा रक्तदान गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रक्तदान गरिएको छ । रगत अभावका कारण प्रतिष्ठानमा उपचारत बिरामीले सास्ती पाउने गरेका छन् । रगत आवश्यक पर्दा नेपाली सेना, सशस्त्र, प्रहरी, स्थानीयलाई गुहार्नुपर्ने बाध्यता छ ।

जुम्लामा वर्षाैदेखि विद्यमान रगत अभाव र त्यसले गर्दा बिरामीले भोग्नु परेको कष्टलाई मध्यनजर गरी प्रेस चौतारी जुम्लाले आफ्नो स्थापना दिवसका अवसरमा रक्तदान गरेको प्रेस चौतारी जुम्लाका सचिव कालीबहादुर परियारले बताए । उनका अनुसार २३ जनाले रक्तदान गर्ने भनेर नाम लेखाएपनि सात जनाले मात्रै रक्तदान गरेका छन् । सात प्वाइन्ट रगत दान गरिएको छ । अघिल्लो दिन नै समन्वय गरेर २३ जनाले नाम टिपाएका थिए ।

तर, रक्तदानमा भने १६ जना उपस्थित भएनन् । प्रेस चौतारीका अध्यक्ष मानदत्त रावल, पूर्वअध्यक्ष नौरते नेपाली, चौतारीका सचिव परियार, कनका खबर टेलिभिजनमा कार्यरत प्रकाश विश्वकर्मा, तिलाका स्थानीय धनराज बस्नेत, विद्यार्थी नेता लोकेन्द्र बुढा र यूवासंघ नेपालकी केन्द्रीय सचिव सारादा पछाईले रक्तदान गरेका छन् । रक्तदानकै क्रममा एक बिरामीलाई रगत आवश्यक परेपछि कनका खबर टेलिभिजनमा कार्यरत प्रकाश विश्वकर्माको बी पोजेटिभ समूहको रगत बिरामीलाई दिएका थिए ।

स्थापनाका अवसरमा शुभकामना दिदैँ नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाईले श्रमजीवि पत्रकारको साझा संगठन प्रेस चौतारीले जुम्लामा रगत अभावले भोग्नु परेको समस्यालाई मध्यनजर गरी रक्तदान कार्यक्रम राखेकोमा धन्यवाद दिए । संगठनले पेशागत सुरक्षासँगै यस्ता रचनात्मक काम गर्नुपर्नेमा अध्यक्ष चौलागाईले जोड दिए ।

प्रेस युनियनका अध्यक्ष प्रकाश उपाध्यायले प्रतिष्ठानमा पटक—पटक रगत अभाव हुने र विरामी भौतारीने समस्या रहेको बताए । अन्य कार्यक्रम भन्दा रक्तदान कार्यक्रम निकै स्वागत योग्य काम भएको उल्लेख गरे । ब्लड बैंक स्थापना गर्ने तयारी गरिरहेको प्रतिष्ठानले आफ्नो स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम गर्ने प्रेस चौतारी जुम्ला शाखालाई धन्यवाद दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ