२०८१ माघ २२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान शुभारम्भ

सुर्खेतमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान शुभारम्भ


वीरेन्द्रनगर—सुर्खेतको वीरेन्द्रनगरमा पाठेघरको मुखमा हुने क्यान्सर रोगविरुद्धको खोप अभियान शुभारम्भ भएको छ । बुधबार वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले आगामी ६ फागुनसम्म सञ्चालन हुने खोप अभियानको शुभारम्भ गरेकी हुन् ।

श्रीकृष्ण संस्कृत साधारण माविबाट सुरु भएको अभियान जिल्लाका नौ वटै स्थानीय तहमा सञ्चालन हुनेछ । अभियानको शुभारम्भ गर्दै नगर प्रमुख ढकालले किशोरावस्थामा हुन सक्ने पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउने उद्देश्यले खोप अभियान थालिएको बताइन् ।

‘यो खोप अन्य नियमित खोपसरह सुरक्षित रहेको छ,’ उनले भनिन्, ‘ढुक्क भएर अभियानमा संलग्न हुन आवश्यक रहेको छ ।’ नगरपालिकाले महिलामा हुने विभिन्न प्रकारका क्यान्सरको निःशुल्क पहिचानदेखि उपचारमा सहयोग गर्दै आएको नगर प्रमुख ढकालले जानकारी दिइन् ।

अभियानअन्तर्गत सुर्खेतमा २५ हजार ५१७ किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने छ । जिल्लाका नौ वटै स्थानीय तहमा विद्यालय जाने र नजाने ९ देखि १४ वर्षका किशोरीहरूलाई उक्त खोप लगाउन लागिएको हो । जसमा २४ हजार ९७५ विद्यालय जाने छात्रा र ५५७ जना विद्यालयबाहिर रहेका किशोरी छन् ।

विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने ११ देखि १४ वर्षसम्मका किशोरीहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन लागिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ