२०८१ माघ १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु

कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु


वीरेन्द्रनगर—कालिकोटको रास्कोट नगरपालिकाको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु हुने भएको छ । कालिकोटमा जिल्ला अस्पताल र नरहरिनाथको योगी नरहरिनाथ अस्पतालमा मात्र रहेको स्वास्थ्य बीमा अब रास्कोट नगर अस्पतालमा पनि लागु भएको हो ।

स्वास्थ्य बीमा बोर्डले आवश्यक पूर्वाधार र जनशक्ति भएको खण्डमा स्थानीय तहमा यो सेवा लागु गर्ने नीति लिएका कारण कालिकोटमा जिल्ला अस्पताल, नरहरिनाथ गाउँपालिकाको योगी नरहरिनाथ प्राथामिक अस्पताल र रास्कोट अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम लागु भएको हो ।

शुक्रबार एक कार्यक्रमबीच कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले औपचारिक रास्कोट अस्पतालमा स्वास्थ्य बीमा लागु गरिने घोषणा गरेका हुन् ।

राज्यले घोषणा गरेको कार्यक्रमबाट देशका सबै नागरिकले सेवा पाउनुपर्ने बताउँदैं मन्त्री भण्डारीले रास्कोट अस्पतालबाट पनि यो सेवा प्रवाह हुने बताए । अन्य पालिकामा पनि यो सेवा लागु गरिनुपर्ने उनको भनाइ थियो ।

स्वास्थ्य बीमा गरेका गाउँका नागरिकले निःशुल्क उपचार पाउन जिल्ला अस्पताल र अन्य जिल्ला जानुपर्ने बाध्यता हटेको नगर प्रमुख धर्मराज शाहीले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ