जुम्ला—चन्दननाथ नगरपालिका जुम्लाले १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । २१ औँ सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा १० जना महिला स्वयंसेविकालाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा चन्दननाथ नगरपालिका–१ की गोमालक्ष्मी आचार्य, वडा नं. २ की मानदेवी बुढथापा, वडा नं. ३ की राधिका कठायत, वडा नं. ४ की पविता चौलागाई, वडा नं. ५ की जमुना खत्री, वडा नं. ६ की दुर्गादेखि रोकाया, वडा नं. ७ की रामछाया नेपाली, वडा नं. ८ की काली बुढा, वडा नं. ९ की सरस्वती रावत र वडा नं. १० की सुनमाया देवकोटा रहेकी छन् ।
चन्दननाथकी १० जना महिला स्वास्थ्य स्वयंसेविकालाई प्रमाणपत्र, दोसल्लासहित एक/एक हजार रुपैयाँ नगरपालिकाकी उपमेयर रामदेवी खड्कीले सम्मान गरेकी हुन् । महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्नका लागि सम्मान गरिएको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए ।