गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ २० वर्षीया मायाले बाटोमै छोरी जन्माइन् २० वर्षीया मायाले बाटोमै छोरी जन्माइन् हेल्थ आवाज आईतबार, २०८१ मंसीर १६ गते, १०:१७ मा प्रकाशित वीरेन्द्रनगर—रूकुम पूर्वको सिस्ने गाउँपालिका—१ की एक महिला बाटोमै सुत्केरी भएकी छन् । शुक्रबार सुत्केरी ब्यथाले च्यापेपछि पैदल हिडेर सिस्ने स्वास्थ्य चौकी आउँदै गर्दा सिस्ने १ लाम्माखाकी २० वर्षीया माया बुढाले पाखापानी भन्ने ठाउँ बाटोमै छोरीलाई जन्म दिएकी हुन् । बुढाले दोस्रो सन्तान जन्म दिएको हुन् । उनलाई सिस्ने स्वास्थ्य चौकीबाट गएका स्वास्थ्यकर्मीले बाटोमै सुत्केरी गराएका थिए । बाटोमै सुत्केरी व्यथाले च्यापेको खबर पाएपछि सिस्ने स्वास्थ्य चौकीका इन्चार्ज काशीराम ओली स्ट्रेचर लिएर गएका थिए । बाटोमै सुत्केरी भएपश्चात् स्वास्थ्यकर्मीसहितको टोलीले आमा र शिशुलाई बोकेर स्वास्थ्य चौकी पु¥याएको वडा सचिव चन्द्रदेव खड्काले बताए । उनका अनुसार आमा र शिशुको अवस्था सामान्य रहेको छ । २४ घण्टाको निगरानी पश्चात् आमा र शिशुलाई डिस्चार्ज गरिएको बताए । सिस्ने गाउँपालिका वडा नम्बर १ सडक सञ्जालमा जोडिन सकेको छैन । एउटा मात्र स्वास्थ्य संस्था रहेको यस वडामा स्वास्थ्य संस्था पुग्न घण्टौं पैदल हिड्नुपर्ने बाध्यता रहेको छ । जिल्ला अस्पताल रूकुमकोट पुग्न १ देखि २ दिनसम्म पनि पैदल हिड्नुपर्ने बाध्यता छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कालीकोटमा निःशुल्क आँखा शिविर सञ्चालन कर्णालीका मुख्यमन्त्रीको एक वर्षः डोल्पामा अस्पतालको नयाँ भवनदेखि किशोरीलाई एचपीभी… कर्णालीका ५५ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर अत्याधिक रक्तस्राव भएकी सुत्केरीको हेलिकप्टरबाट उद्दार वायु प्रदुषणबाट सुरक्षित रहन चिकित्सकको सुझाव दुर्घटनामा घाइते भएका ४३ वर्षीय सिनियर अहेब खत्रीको उपचारको क्रममा… धेरै पढिएका १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न २ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ३ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ४ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं ५ नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ७ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु Kalpana Craft ट्रेण्डिङ मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद कर्णालीका मुख्यमन्त्रीको एक वर्षः डोल्पामा अस्पतालको नयाँ भवनदेखि किशोरीलाई एचपीभी भ्याक्सिनसम्म थाइराइडः स्वास्थ्यमा पार्ने असर र उपचार नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता कोशीको स्वास्थ्य मन्त्रालयले उलेख्य रुपमा घटायो बेरुजू मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं शवासन कसरी गर्ने ? के छन् फाइदा ? मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद कर्णालीका मुख्यमन्त्रीको एक वर्षः डोल्पामा अस्पतालको नयाँ भवनदेखि किशोरीलाई एचपीभी भ्याक्सिनसम्म थाइराइडः स्वास्थ्यमा पार्ने असर र उपचार नेपालमा माल्दिभ्सका विद्यार्थीलाई पिजी अध्ययनको वातावरण मिलाउन स्वास्थ्यमन्त्री पौडेलद्वारा न्यूयोर्कमा द्विपक्षीय वार्ता कोशीको स्वास्थ्य मन्त्रालयले उलेख्य रुपमा घटायो बेरुजू मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं शवासन कसरी गर्ने ? के छन् फाइदा ?