२०८१ माघ १५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशनरहरिनाथमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न

नरहरिनाथमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न


वीरेन्द्रनगर—कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा अपाङ्गता पहिचानका लागि स्वास्थ्य शिविर सम्पन्न भएको छ । ३० कात्तिकबाट सुरु भएको दुई दिने शिविर १ मंसिरमा सम्पन्न भएको हो ।

अपाङ्गता भएका १८ वर्षमुनिका बालबालिका पहिचान गरी गाउँपालिकाबाट सेवा सुविधालगायतका सेवा प्रदान गर्नका अपाङ्गता पहिचान स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

प्लान इन्टरनेसनलको आर्थिक सहयोग सादा नेपालको सहजीकरण र नरहरिनाथ गाउँपालिकाको आयोजनामा योगी नरहरिनाथ आधारभूत अस्पताल कुमालगाउँमा कात्तिक ३० गते र मंसिर १ गते स्वास्थ्य चौकी लालुमा शिविर सञ्चालन भएको थियो ।

योगी नरहरिनाथ आधारभूत अस्पतालमा कुमालगाउँमा सञ्चालन भएको शिविरमा नरहरिनाथ गाउँपालिका वडा न १, २, ३, ४, ५, ६ का एक ६५ जना सेवाग्राहीहरुले सेवा लिएको योगी नरहरिनाथ आधारभूत अस्पतालका प्रमुख डा. शिवनाथ यादवले बताए । ‘त्यसमध्ये १३ जना बालबालिकाहरुलाई अपाङ्गता पहिचान गरेका छौं,’ उनले भने, ‘१ मंसिरमा स्वास्थ्य चौकी लालुमा वडा नं. ६, ८, ९ का ४८ जना सेवाग्राहीहरुले सेवा लिएका थिए । जसमध्ये १२ जनलाई अपाङ्गता पहिचान गरिएको छ ।’

शिविरमा डा. शुभनारायण ठाकुर, डा. शिवनाथ यादव, डा. जितेन्द्र महतोले सेवा दिएको अस्पतालका प्रमुख डा. यादवले बताए ।

शिविरले १८ वर्षभन्दामुनिका बालबालिकाहरुको समस्या पहिचान गरी उनीहरुको अपाङ्गता पहिचान परिचयपत्र वितरण गर्ने, उपचारमा सहयोग गर्नका लागि शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ