२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए

सिंजामा विशेषज्ञसहितको स्वास्थ्य शिविर, ७२२ जनाले सेवा लिए


जुम्ला—सिंजा गाउँपालिकामा दुई दिने विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य शिविरमा ७२२ जनाले सेवा लिएका छन् । सिंजा गाउँपालिकाको आयोजना, प्लान नेपालको साझेदारी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोगमा दुई दिने विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

प्रतिष्ठानका अस्पताल निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा. पुजन रोकायासहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोली दुई दिने शिविरमा परिचालित भएको थियो ।

३० कार्तिकमा सनिगाउ स्वास्थ्य चौकी र १ मंसिरमा नराकोट स्वास्थ्य चौकीमा गरी दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताए ।

हाडजोर्नीका २०२ जना, स्त्री रोग सम्बन्धी १९५ जना, जनरल चेक जाँच १५० जना, मनोसामाजिक परामर्श १३० जना, अपाङ्गता परिक्षण ११० जना र मुखको जाँच ३५ जना गरी ७२२ जनाले शिविरमा सेवा लिएका हुन् ।

दुई दिने स्वास्थ्य शिविरमा अस्पतालमा रेफर गरी उपचार गर्नुपर्ने कुनै पनि बिरामी नभेटिएको संयोजक रोकायाले बताए । उनले भने, ‘शिविरमा सामान्य विरामी भेटिएका हुन् । उनीहरुलाई चिकित्सकले चेकजाँच गर्नुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ