कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ५८ जना विद्यार्थी दीक्षित

जुम्ला-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ जना विद्यार्थी दीक्षित भएका छन् । बुधबार स्थापनाको डेढ दशकपछि आयोजना भएको प्रथम दीक्षान्त समारोहमा प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट ५८ जना विद्यार्थी दीक्षित भएका हुन् ।
दीक्षित हुनेमा स्नातकतर्फ बिपीएचका ३८ जना, एमबीबीएसका १३ जना र स्नातकोत्तरतर्फ एमडिजीपीमा तीन, एनेस्थेसियामा एक र पेडियाट्रिक्समा एक गरी ५८ विद्यार्थी दीक्षित भएको प्रतिष्ठानका रेक्टर डा. डबल धामीले बताए ।
उनकाअनुसार पाँच जना विद्यार्थीले स्वर्ण पदक पाएका छन् । कुलपति स्वर्ण पदक बीएमएस, बिपिएच कार्यक्रमअन्तर्गत समष्टिमा उच्चतम अंक ल्याउने विद्यार्थीलाई प्रदान गरिएको हो ।
स्वर्ण पदक पाउनेहरुमा रेणुकुमारी सिंह (बिएमएस—२०१९), सिर्जना न्यौपाने (बिएमएस—२०२०), दीपेन्द्र जोशी (बिपीएच— २०१९), सुशील शाही (बिपीएच २०२०) र वेदकुमार चौधरी (एमडी/एमएस २०२१) रहेका छन् ।
दीक्षित भएका सबैलाई प्रधानमन्त्री केपी शर्मा ओेलीले प्रतिज्ञासमेत गराएका थिए। दीक्षित भएका विद्यार्थीलाई प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, प्रतिष्ठानका उपकुलपतिले शुभकामना दिए ।
धेरै पढिएका
- १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- २ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान
- ३ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
- ४ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
- ७ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
तपाईको प्रतिक्रिया दिनुहोस