२०८१ कात्तिक ७, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशरास्कोट अस्पतालमा वृहत स्वास्थ्य शिविर सञ्चालन

रास्कोट अस्पतालमा वृहत स्वास्थ्य शिविर सञ्चालन


वीरेन्द्रनगर—कालीकोट रास्कोट अस्पतालमा ५ देखि ७ कार्तिकसम्म बृहत स्वास्थ्य शिविर सञ्चालनमा रहेको छ । डाक्टर फर नेपाल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहकार्य र रास्कोट नगरपालिकाको प्रत्यक्ष संलग्नतामा प्रसुती रोग तथा हाडजोर्नी सम्बन्धी शिविर सञ्चालनमा रहेको अस्पतालले जनाएको छ ।

शिविरमा डा. ललितजंग शाहीलगायतका अनुभवी चिकित्सकहरु सेवा दिइरहेका छन् ।

अस्पतालले ५ कात्तिकमा वडा नम्बर १, ५ र ९, ६ कात्तिकमा वडा नम्बर २, ६ र ८ मा बिरामीको उपचार गरेको छ । बुधबार ७ कात्तिकमा ३, ४ र ७ वडाका बिरामीको उपचार गर्ने तयारी छ ।

अस्पतालले यसअघि आवश्यक स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । शिविरमा टाढा उपचार गर्न नसक्ने आर्थिक अवस्था कमजोर बिरामीहरुको लागि विदेशी तथा विषय विज्ञ डाक्टरहरु बोलाएर उपचार सेवा प्रदान गर्न लागिएको हो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ