२०८१ कात्तिक २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालिकोटको खाडाँचक्रको स्वास्थ्य सेवा जिल्लाकै उत्कृष्ट

कालिकोटको खाडाँचक्रको स्वास्थ्य सेवा जिल्लाकै उत्कृष्ट


वीरेन्द्रनगर—कालिकोट जिल्लाको खाडाँचक्र नगरपालिकाको स्वास्थ्य शाखा जिल्लाकै उत्कृष्ट बनेको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयले गरेको मूल्यांकनमा खाडाँचक्रले तोकिएका १९ वटा विभिन्न सूचक पूरा गरी उत्कृष्ट बनेको हो ।

आर्थिक वर्ष २०८०/०८१ मा यहाँका नौ वटै पालिकाका स्वास्थ्य शाखाले गरेका कार्यसम्पादन मूल्यांकनको आधारमा खाडाचक्र पहिलो, नरहरिनाथ गाउँपालिका दोस्रो र पचालझरना गाउँपालिका तेस्रो भएको स्वास्थय सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले बताए ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका प्रकाश केसी संयोजक, वाटर एडका विशाल भण्डारी र अन हर्ट वर्ल्डवाइडका ओमप्रकाश पौडेल सदस्य रहेको तीन सदस्यीय मूल्यांकन टोलीले स्वास्थ्यका विभिन्न १९ वटा सूचकको आधारमा जिल्लाका स्वास्थ्य संस्थाहरुको मुल्यांकन गरेको थियो ।

प्रथम भएको खाडाँचक्र नगर स्वास्थ्य शाखा प्रमुख रवीन्द्र सेजुवाल, द्वितीय भएको नरहरिनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मनोज बोगटी र तृतीय हुन सफल पचालझरना स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सन्ज्याललाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको निमित्त स्वास्थ्य व्यवस्थापक डा. कर्णराज भामले बताए ।

खाडाँचक्रले २९ दशमलव २४, नरहरिनाथले २८ दशमलव ६८, पचालझरनाले २८ दशमलव ४४ अंक प्राप्त गरेका छन् भने चौथो हुने रास्कोट नगरपालिकाले २७ दशमलव १९, पाँचौ महाबै गाउँपालिकाले २६ दशमलव २३, तिलागुफा नगरपालिकाले २५ दशमलव ५०, पलाताले २५ दशमलव २२, सान्नीत्रिवेणीले २५ दशमलव ७ र शुभकालिका गाउँपालिका स्वास्थ्य शाखाले २२ दशमलव ६३ अंक पाएको मूल्यांकन समिति संयोजक केसीले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ