२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसल्यानमा पहिलो पटक भेटिए स्क्रब टाइफसका बिरामी

सल्यानमा पहिलो पटक भेटिए स्क्रब टाइफसका बिरामी


वीरेन्द्रनगर—सल्यानमा पहिलो पटक स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पतालमा उपचारका लागि आएका ९ जनामा संक्रमण पुष्टि भएको हो ।

भदौ महिनामा मात्रै ९ जनामा स्क्रब टाइफस भेटिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । आठ जना महिला र एकजना पुरुषमा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढा मगरले बताए ।

‘शारदा नगरपालिकाका ४ जना, बागचौर नगरपालिकाका ३ जना, छत्रेश्वरी गाउँपालिका र दार्मा गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको छ,’ उनले भने, ‘तीमध्ये ४ जना १३ वर्षमुनिका बालबालिका रहेका छन् ।’

यसअघि जिल्लामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको थिएन । बिरामीमा ज्वरो आउने, पसिना आउने लगायतका लक्षण देखिएको अस्पतालले जनाएको छ ।

समयमा नै उपचार गरे स्क्रब टाइफस निको हुने भएपनि ढिलाइ गरे ज्यानै जान सक्ने डा. बुढामगरले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ