२०८१ भदौ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं

जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं


जुम्ला—जुम्लामा ६ सय जना नागरिकको आँखा परीक्षण गरिएको छ । डिल्लीचौर, नराकोट, लामाबगर र गोठीगाउँमा संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ६ सय जना नागरिकको आँखा परीक्षण गरिएको हो ।

शिविरमा आँखा परीक्षण गरेका ६ सय जनामध्ये रेफर भएर आएका ११७ जनाको मोतिविन्दु शल्यक्रिया गर्न थालिएको हो ।

सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा २१९ जना बिरामीको आँखा परीक्षण गरिएको थियो । जसमध्ये ३९ जना मोतियाबिन्दु भएका बिरामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शल्यक्रियाका लागि रिफर गरिएको सिंजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ललित रोकायाले बताए ।

तातोपानी गाउँपालिकाको ताम्ती स्वास्थ्य चौकी लामाबगरमा १३७ जनाको आँखा परीक्षण गरिएको हो । जसमध्ये २७ जना रेफर भएको स्वास्थ्य शाखा प्रमुख गुरूप्रसाद चौलागाईंले बताए ।

पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा १४२ जना बिरामीको आँखा परीक्षण गरिएको थियो । जसमध्ये ३२ जना मोतियाबिन्दु भएका बिरामीको सल्याक्रिया गर्नका लागि रेफर जनस्वास्थ्य निरीक्षक सर्जन शाहीले बताए ।

गुठीचौर गाउँपालिकाको गोठीगाउँ आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको शिविरमा १०२ जनाको आँखा परीक्षण गरिएको हो । जसमध्ये १९ जनाको मोतिविन्द शल्यक्रिया गर्नको लागि रेफर गरिएको जनाएको छ ।

शिविरबाट रेफर भएर आएका बिरामीको विश्व प्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइतको उपस्थितिमा २२, २३ र २४ भदौंमा मोतिविन्दुको शल्यक्रिया गर्ने तयारी गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक डा. पुजन रोकायाले बताए । ‘अब प्रतिष्ठानमा आँखा विभाग स्थापना भइसकेकोले नियमित शल्यक्रिया सेवा प्रवाह हुनेछ,’ उनले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ