२०८१ भदौ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशपातारासीमा १४२ जनाको आँखा परीक्षण

पातारासीमा १४२ जनाको आँखा परीक्षण


जुम्ला—पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा १४२ जना बिरामीको आँखा परीक्षण गरिएको छ । १६ भदौंमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, तिलगंगा आँखा अस्पताल काठमाडौं र स्थानीय निकायको समन्वयमा सञ्चालन गरेको शिविरमा निःशुल्क आँखा परीक्षण गरिएको हो ।

आँखा परीक्षण गरिएका १४२ जनामध्ये ३२ जना मोतियाबिन्दु भएका बिरामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शल्यक्रियाका लागि रिफर गरिएको डिल्लीचौर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक सर्जन शाहीले बताए ।

१७ भदौंमा गुठीचौर गाउँपालिकाको गोठीगाउँ आधारभूत स्वास्थ्य केन्द्र, १९ भदौंमा तातोपानी गउँपालिकाको ताम्ती स्वास्थ्य चौकी लामाबगर र २० भदौंमा सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा आँखा शिविर सञ्चालन हुँदैंछ ।

शिविरबाट रेफर भएर आएका बिरामीको विश्व प्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइतको उपस्थितिमा २२, २३ र २४ भदौंमा शिविरबाट छनोट भएका आँखा बिरामीको मोतिविन्दुको शल्यक्रिया हुने प्रतिष्ठानका अस्पताल निर्देशक डा. पुजन रोकायाले बताए ।

‘अब प्रतिष्ठानमा आँखा विभाग स्थापना भइसकेकोले नियमित शल्यक्रिया सेवा प्रवाह हुनेछ,’ उनले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ