२०८१ भदौ ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा अन्तर मेडिकल कलेज खेलकुद प्रतियोगिता हुँदैं

जुम्लामा अन्तर मेडिकल कलेज खेलकुद प्रतियोगिता हुँदैं


जुम्ला—जुम्लामा अन्तर मेडिकल कलेज बीच खेलकुद प्रतियोगिता हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आयोजनामा भदौँ १६ – २१ गतेसम्म अन्तर मेडिकल कलेज खेलकुद प्रतियोगिता हुने भएको हो ।

माथिल्लो कर्णाली जुम्लामा मेडिकल कलेज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको १३ वर्षपछि पहिलो पटक यो खेलकुद प्रतियोगिता हुन लागेको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, यहाँको कृषि, पर्यटन सम्भावनालाई देशमा चिनाउन उद्देश्यले खेलकूद प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका खेलकूद समितिका संयोजक डा. विवेक पुनले जानकारी दिए ।

नेपालमा हरेका सम्पूर्ण मेडिकल कलेज तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुबीच सामीप्यता बढाउने साथै यस कार्यक्रमको माध्यमबाट कर्णाली चिनाउने उद्देश्य राखिएको उनको भनाइ छ ।

प्रतियोगितामा सहभागी हुन देशभरका २७ वटा मेडिकल कलेजलाई पत्राचार गरिएको थियो । जसमा पाँच वटा मेडिकल कलेजले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाम धनुषा, राजर्षिजनक विश्वविद्यालय जनकपुरधाम धनुषा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा मकवानपुर, किस्ट मेडिकल कलेज ललितपुर र महाराजगंज चिकित्सा क्याम्पस, चिकित्साशात्र अध्ययन संस्थान, महारजगंज काठमाडौंका विद्यार्थी सहभागी हुने भएका छन् ।

पाँच वटा मेडिकल कलेजका १२० जना खेलाडीले प्रतियोगितामा भाग लिनेछन् । सबै विद्यार्थीको खाने बस्ने तथा यातायातको व्यवस्थापन प्रतिष्ठानले नै गरेको छ ।

खेलकुद प्रतियोगिता कार्यक्रममा ८ विद्याका खेल समाहित गरिएका छन् । जसमा महिला पुरुष भलिबल, फुटबल, क्रिकेट, टेबलटेनिस, चेस, दौड, कविता र हाजिरीजवाफ प्रतियोगिता रहेका छन् । जसमा जुम्ला बहुमुखी क्याम्पमा भलिबल, कर्णाली प्राविधिक शिक्षालयमा क्रिकेट, देवीदत्त गणको प्रांगणमा फुटबब प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा प्रथम, द्धित्तीय र तृतीय हुनेलाई क्रमशः नगद एक लाख, ७५ हजार र ५० हजार मेडल प्रमाण पत्रसहित पुरस्कार प्रदान गरिनेछ ।
धेरै टाढाबाट आएर खेलबाट कर्णाली चिनाउने अभियानलाई सफल बनाउन जुम्ला पुगेका टिममध्ये उत्कष्टलाई प्रोत्साहन स्वरुप नगदसहित पुरस्कार दिने तयारी गरिएको प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले बताए ।

कर्णालीमा रहेका प्रचुर पर्यटकीय स्थलहरु रहेको कर्णालीमा आमन्त्रित विद्यार्थीलाई मुगुस्थित रारा ताल अवलोकन गराउने व्यवस्थासमेत गरिएको छ । जसले गर्दा भविष्यमा कर्णालीको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि अनुमानित २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ