२०८१ भदौ ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्वास्थ्य सेवाको प्रभावकारिता र दिगोपनाका लागि वार्षिक समीक्षा सम्पन्न

स्वास्थ्य सेवाको प्रभावकारिता र दिगोपनाका लागि वार्षिक समीक्षा सम्पन्न


वीरेन्द्रनगर—स्वास्थ्य सेवाको प्रभावकारिता र दिगोपनाका लागि सल्यानको छत्रेश्वरी गाउँपालिकामा समीक्षा सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को पालिका स्तरीय स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा गाउँपालिकाअन्तर्गतका ७ वटै वडास्थित ८ वटा स्वास्थ्य संस्थाका प्रमुखहरुले गत आर्थिक वर्षमा आफ्नो वडामा भए गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गरेका थिए । सो अवसरमा बोल्दै जनप्रतिनिधीहरुले छत्रेश्वरी गाउँपालिकामा स्वास्थ्य सेवाको स्तरवृद्धि गर्ने विषय पहिलो प्राथमिकतामा रहेको भन्दै अघिल्लो वर्षका चुनौतीहरू र अवसरहरूलाई समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवाहरू प्रदान गर्न समीक्षा कार्यक्रमले मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए ।

विगत वर्षका कार्यले गर्दा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल भएको तर जनचेतना अभाव, स्रोतसाधनको कमी, र सेवामा पहुँचको कठिनाइजस्ता चुनौतीहरुलाइ समाधानका लागि सबैको सहकार्य आवश्यक पर्ने भन्दै यसबाट स्वस्थ र समृद्ध पालिका निर्माणमा टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले बताए ।

आधारभूत स्वास्थ्य सेवाको पहुँच बढाउँदैं सुरक्षित मातृत्व र बाल स्वास्थ्य, सचेतनासँगै महामारी, भाइरल संक्रमण, र अन्य रोगहरूको पहिचान, रोकथाम, र उपचारमा ध्यान दिनुपर्नेमा जोड दिदैं मानसिक स्वास्थ्य समस्या एवं पोषण क्षेत्रलाई पनि महत्व दिएर काम गर्नुपर्ने धारणा गाउँपालिका उपाध्यक्ष वुद्धकुमारी खत्रीले राखेकी थिइन् ।

गाउँपालिकाका स्वास्थ्य संयोजक केशरीदेवी भट्टराईले स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि आगामी वर्षको योजना बनाउन र आवश्यक सुधारहरू गर्न, स्रोतहरूको सही उपयोग भएको छ कि छैन भन्ने बुझ्न, स्थानीयस्तरमा समुदायको सहभागिता बढाउन र उनीहरूको आवश्यकताअनुसार कार्यक्रमलाई परिमार्जन गर्नका लागि समेत सहयोग पु¥याउने भएकाले समीक्षा कार्यक्रम गरिएको जानकारी दिइन् ।

पालिकास्तरमा स्वास्थ्य सेवा सुधार र नागरिकको स्वास्थ्य स्थिति सुदृढ गर्नका लागि जनप्रतिनिधीहरुसहित वार्षिक समिक्षा गरिएको स्वास्थ्य शाखाका पहेन विमला डाँगीले जानकारी दिइन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ