जुम्ला—चंखेली गाउँपालिका–५, नेप्का गाउँकी ४५ वर्षीया तुला तामाङ लामो समयदेखि मुटु दुख्नेलगायतका समस्याले थला परिन् छ । भदौ ११ हिड्न नसक्ने उनलाई गाउँबाट एक दिन पैदल पिठ्युँमा बोकेर गाउँपालिका केन्द्र पिप्लाङसम्म ल्याएको उनका श्रीमान हरिचन्द्र तामाङले बताए ।
घरमै सञ्चो हुने आशामा उनलाई महिनौसम्म घरेलु उपचार गरिएको थियो । तर, घरेलु उपचारले सञ्चो भएन । घरमा सञ्चो नहुने नदेखिएपछि श्रीमतीलाई गाउँपालिका केन्द्रसम्म बोकेर ल्याएको तामाङले बताए ।
‘गाउँभर पत्नीलाई बोकाउने मान्छे खोज्दा—खोज्दा बल्ल चार जना मात्रै मान्छे भेटिएपछि पिठ्युँमै बोकेर बिहानै गाउँबाट हिँडेका हौं । बेलुका ४ बजे गाउँपालिका केन्द्र, पिप्लाङसम्म पु¥याइयो’, उनले भने । अप्ठ्यारो बाटोमा जोखिम मोलेर बोकेर गाउँपालिका केन्द्रसम्म ल्याएपछि यहाँ पनि उपचार नहुने स्वास्थ्यकर्मीले बताएको तामाङको भनाइ छ ।
गाउँपालिका केन्द्र पिप्लाङमा तुलाका लागि आवश्यक औषधि नभएकाले सदरमुकाम सिमकोट रिफर गरिएको चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक सुरवीर शाहीले बताए ।
तामाङ त एक प्रतिनिधी उदाहरणमात्रै हुन् । दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकलाई बिरामीलाई पिठ्युँमै बोकेर स्वास्थ्य चौकी लैजानुपर्ने बाध्यता रहेको छ । बिरामीलाई पिठ्युँमै बोकेर स्वास्थ्य चौकी पु¥याउनु पर्दा स्थानीयलाई सास्ती खेप्नु परेको छ ।
हुम्लाका अधिकांश बिरामीहरू दिनभर पैदल हिँडेर स्वास्थ्य चौकीसम्म पुग्नुपर्छ । कतिपय हिड्न नसक्ने बिरामीहरूलाई बोकेरै अस्पताल पु¥याउनुपर्ने यहाँको नियति नै बनिसकेको छ ।
गाउँमा बिरामी हुँदा बोकेर गाउँपालिका केन्द्रसम्म पुग्नुपर्ने चंखेली गाउँपालिका–५ का स्थानीय जसबहादुर तामाङले बताए । ‘स्थानीय सरकार आएपनि न त गोरेटो बाटो राम्रो छ, न त गाउँमा गुणस्तरीय उपचार औषधिको व्यवस्था छ’, तामाङले भने, ‘बिरामी बोकेरै स्वास्थ्य संस्था जानुपर्छ ।’ गाउँ—गाउँमा सिंहदरबार भनिएतापनि नागरिकहरूका दुःख जस्ताको त्यस्तै रहेको दुःखेसो उनले पोखे ।