२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा निःशुल्क आँखा शिविर सञ्चालन हुँदैं

जुम्लामा निःशुल्क आँखा शिविर सञ्चालन हुँदैं

विश्व प्रसिद्ध चिकित्सक डा.रुइतको उपस्थितमा आँखाको शल्यक्रिया गरिने


जुम्ला—विश्व प्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइतको उपस्थितिमा जुम्लामा आँखा शिविर सञ्चालन हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आँखा विभाग र तिलगंगा आँखा अस्पतालको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर सञ्चालन हुन लागेको हो ।

१६ भदौंमा पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकी, १७ भदौंमा गुठीचौर गाउँपालिकाको गोठीगाउँ आधारभूत स्वास्थ्य केन्द्र, १९ भदौंमा तातोपानी गउँपालिकाको ताम्ती स्वास्थ्य चौकी लामाबगर र २० भदौंमा सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा आँखा शिविर सञ्चालन हुने भएको छ ।

यस्तै, २२, २३ र २४ भदौंमा शिविरबाट छनोट भएका आँका बिरामीको मोतिविन्दुको शल्यक्रिया हुने प्रतिष्ठानका अस्पताल निर्देशक डा. पुजन रोकायाले बताए । ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखा विभागको उद्घाटनसहित मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिनेछ,’ उनले भने ।

प्रतिष्ठानका आँखा विभाग प्रमुख डा. विश्व तिमिल्सिनाले आँखाका बिरामी र मोतिविन्दुका बिरामीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सम्पर्क गर्न आग्रह गरे । ‘अबका आँखाको शल्यक्रिया नियमित हुनेछ,’ उनले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ