२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजिल्ला अस्पताल हुम्लाबाट एक वर्षमा साढे १५ हजार लिए सेवा

जिल्ला अस्पताल हुम्लाबाट एक वर्षमा साढे १५ हजार लिए सेवा


वीरेन्द्रनगर—जिल्ला अस्पताल हुम्लाले आर्थिक वर्ष २०८०/०८१ मा १५ हजार छ सय ६० जनालाई सेवा दिएको छ । जिल्ला अस्पताल हुम्लाले झण्डै २७ किसिमका बिरामीको उपचार गरेको बताइएको छ ।

अस्पतालले सामान्यदेखि जटिल किसिमका बिरामीको उपचार गरेर सेवा प्रदान गरेको जानकारी दिएको छ । ओपीडी सेवामा १३ हजार ७६१ जनाको चेकजाँच भएको जिल्ला अस्पताल हुम्लाका मेडिकल रेकर्ड सुपरभाईजर दुर्गाबहादुर श्रेष्ठले बताए ।

सुपरभाइजर श्रेष्ठकाअनुसार जिल्ला अस्पताल हुम्लाले इमर्जेन्सी सेवामा एक हजार १९२, अन्तरंग सेवा (बिरामी भर्ना) ९९९, खोप सेवा ६८७, पोषण सेवा एक हजार ४७०, शीघ्र कडा कुपोषणको व्यवस्थापन १९, प्रसुती सेवा (सामान्य) ११९, प्रसुती सेवा (औजार बाट) १४, प्रसुती सेवा (अप्रेशन विधिबाट) १५ जनालाई सेवा दिइएको बताए ।

यस्तै, सुरक्षित गर्भपतन सेवा १२१, पुरुष बन्ध्याकरण १२, परिवार नियोजन सेवा (नयाँ प्रयोगकर्ता) २४०, पाठेघरको क्यान्सर (भीआईए पोजिटिभ) ४, पाठेघर खस्ने समस्याको व्यवस्थापन ३३, प्रेषण भई आएका ८१, प्रेषण भई जिल्ला बाहिर रिफर गरिएका ३११ जना रहेको श्रेष्ठले बताए ।

त्यसैगरी, प्रयोगशाला सेवा छ हजार ३००, भिडियो एक्सरे सेवा दुई हजार ३२०, एक्सरे सेवा दुई हजार १४०, इसीजी सेवा २७९, नसर्ने रोग व्यवस्थापन ५४७, मानसिक रोग व्यवस्थापन ५९ र पाँच वर्षमुनिका बालबालिकाको समस्याहरुको एकिकृत पाँच सय ९६ जनाले सेवा लिएको जिल्ला अस्पताल हुम्लाका मेडिकल रेकर्ड सुपरभाईजर श्रेष्ठले बताए । यी २४ प्रकारका रोगका १४ हजार ३६० जनाको जिल्ला अस्पतालले सेवा दिएको बताए ।

यसैगरी, जिल्ला अस्पतालमै रहेको सामाजिक सुरक्षा कोषबाट एक हजार २६० जनाको निःशुल्क उपचार गरिएको सामाजिक सुरक्षा इकाईका फोकल पर्सन उजिर बोहराले बताए । फोकल पर्सन बोहराका अनुसार लैङ्गिक हिंसा पीडित (ओसिएमसि) १७ जना, सामाजिक सुरक्षा कोषबाट पूर्ण छुट भएका एक हजार दुई र सामाजिक सुरक्षा कोषबाट आंशिक छुट भएका २००, ४१ जनाको निःशुल्क उपचार गरिएको बताए ।

यसमा निःशुल्क सेवा पाउनेमा अति गरिब, गरिब, हिंसा पीडित, जेष्ठ नागरिक, अपांग, आफन्त नभएकालगायतलाई सेवा दिइएको बताइएको छ । उनीहरुको सोहीअनुसारको परिचय खुल्ने कागजातका आधारमा निःशुल्क सेवा दिइएको फोकल पर्शन बोहराले बताए ।

एक हजार २६० जनाको निःशुल्क उपचार गर्दा १४ लाख २८ हजार १ ९६ रुपैयाँ बराबरको औषधि उपचारमा पर्न आएको बोहराले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ