२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहिमाका ५० प्रतिशत घरधुरीमा स्वच्छ खानेपानी

हिमाका ५० प्रतिशत घरधुरीमा स्वच्छ खानेपानी


जुम्ला—हिमा गाउँपालिकामा ५० घरधुरीमा शुद्ध र स्वच्छ खानेपानीको पहुँचमा पुगेका छ । कुल २ हजार ३७७ घरधुरीमध्ये १ हजार १६४ घरधुरीमा एक घर एक खानेपानीको धारा पुगेको हो ।

सुस्वा परियोजना र गाउँपालिकाको लगानीमा १ हजार १६४ घरमा (इनलाईन क्लोरिनेसन) गरेको शुद्ध र स्वच्छ पानी पुगेको हो । जसले गर्दा सरसफाइमा पनि सहज भएको छ ।

हिमा गाउँपालिका–४ मा पर्ने जार्जी, सिम्तली, तलिकुडु, खेतु, सानो चिउडी, नुवाँ र ठुलो चिउडी गाउँमा ४२७ एक घर एक खानेपानीका धारा पुगेको छ । यस्तै, वडा नं. ७ को बागबजारमा २४, मर्चीमा ६७, धाँचु गाउँमा ७ धारा निर्माण भई संचालनमा छन् ।

वडा नं. १ को बड्की गाउँको १७६, दियारगाउँमा ७२, वडा नं. ६ को बाजागाड गाउँमा १३६, बाजागाड खोलामा २० र चेमा गाउँमा ७ वटा धारा निर्माण भई स्थानीयले घर—घरमा शुद्ध पानी पिउँदैं आएका छन् । यसमध्ये बाँकी १ हजार २१३ घरधुरीका नागरिक सार्वजनिक धारा, मुल, खोल्साको पानी पिउँदैं आएको हिमा गाउँपालिका जुम्लाले जनाएको छ ।

पाँच वर्षे कार्यकालभित्र पालिका भरका सबै घरधुरीमा शुद्ध पानी पु¥याउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए । उनले भने, ‘१ हजार १६४ वटा धारामध्ये ५०० बढी धारा सुस्वा परियोजनाको लगानीमा बनेका हुन् । ६०० बढी धारा पालिकाको लगानीमा बनेका हुनु् । साढे तीन करोड बढीको लगानीमा हिमा वृहत्त खानेपानी आयोजना निर्माण भइरहेको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ