२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा पक्षघातका बिरामी बढ्दैं, चिकित्सक भन्छन्, ‘शरीर नचल्ने भएपछि मात्रै अस्पताल आउँछन्’

कर्णालीमा पक्षघातका बिरामी बढ्दैं, चिकित्सक भन्छन्, ‘शरीर नचल्ने भएपछि मात्रै अस्पताल आउँछन्’


वीरेन्द्रनगर—कर्णाली प्रदेशमा पक्षघातका बिरामी बढ्दैं गएको पाइएको छ । प्रदेश अस्पताल सुर्खेतकाअनुसार पछिल्लो समयमा पक्षघातका बिरामीहरु अस्पताल आउने संख्या बढेर गएको हो ।

वि.सं. २०७९/८० मा २ सय ५५ जना पक्षघातका बिरामी अस्पताल भर्ना भएकोका थिए । तर, त्यो आँकडा पछिल्ला ६ महिनामा अधिक बढेको देखिन्छ । आर्थिक वर्ष ०८०/८१ को पहिलो ६ महिनामा १ सय ५५ जना पक्षघातका बिरामी कर्णाली प्रदेश अस्पताल आएको अस्पतालका जनरल फिजिसियन डा. केएन पौडेलले जानकारी दिए ।

‘बिरामीले सही समयमा सही उपचार नपाएका कारण पक्षघातले पनि बिरामीको अंक बढाउँदै छ,’ उनले भने, ‘बिरामी भएर शरीर नै नचल्ने भएपछि अस्पताल आउनुहुन्छ ।’

अघिल्ला वर्षको तुलनामा कर्णालीमा पक्षघातका बिरामी बढ्दो क्रममा रहेको डा. पौडेलले जानकारी दिए । ‘पछिल्लो सयममा बालबालिकादेखि ५० वर्ष कटेकासम्मलाई पक्षघात देखा परेको छ,’ उनले भने, ‘हात नचल्ने, आधा मुख बांगो हुने, शरीरै नै नचल्ने बिरामी देखा परेका छन् ।’

अस्पतालमा विभिन्न विशेषज्ञ डाक्टरलगायत स्वास्थ्यकर्मीलाई पक्षघातका बिरामी अस्पताल आए कसरी पहिचान गर्ने र उपचारलगायतका विषयमा प्रशिक्षण दिँदै आएको डा. पौडेलले बताए । ‘समयमा उपचार नपाए अस्पतालमा आएका बिरामी जटिल अवस्थामा पुग्छन्,’ उनले भने, ‘विगत चार वर्षयता जीआईजेटको आर्थिक सहयोगमा नेपाल स्टोप प्रोजेक्टले औषधि, स्वास्थ्य सामाग्री प्रदेश अस्पताललाई सहयोग गर्दै आएको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ