२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशधुवाँमा निसासिएर जुम्लामा २२ वर्षीया सुत्केरी महिलाको मृत्यु

धुवाँमा निसासिएर जुम्लामा २२ वर्षीया सुत्केरी महिलाको मृत्यु


जुम्ला—पातारासी गाउँपालिका–६ बाँता गाउँकी एक सुत्केरी महिलाको निसासिएर मृत्यु भएको छ । आगो बालेर सुतेको अवस्थामा निसासिएर उनको मृत्युु भएको हो ।

सुत्केरी भएको ११ औं दिनमा आगोले सेक्न बालेको कोइलाको धुवाँमा निसासिएर मृत्यु भएको हो ।

पातासारी गाउँपालिका–४ माइती घर भई ६ नम्बर वडा बाँता गाउँमा विवाह गरेर चन्दननाथ नगरपालिका–५ कालेखोलीमा बस्दै आएकी २२ वर्षीया मायालक्ष्मी महतारा निसासिएर गम्भीर घाइते भएकी थिइन् ।

घाइते महतारालाई अस्पताल ल्याएर उपचारको क्रममा निधन भएको उपचारमा संलग्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. विश्व श्रेष्ठले बताए । उनले भने, ‘धुवाँमा निसासिएर मृतक महताराकी बहिनी जुनमाया रोकया र १२ दिने दूधे बच्चा पनि घाइते छन् ।’ उनका अनुसार बच्चालाई एनआईसीयुमा राखेर उपचार थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक छेदिलाल कामतीकाअनुसार सुत्केरी महतारालाई अस्पताल पु¥याएको केही समयमै निधन भएको हो । तीनै जनालाई सोमबार बिहान सवा सात बजे उपचारका लागि अस्पताल ल्याइएको थियो । ‘उनीहरू दुई तले घरमा बस्दा रहेछन् । सुत्केरी भएकोले तेलमा मेथी र आगो बालेको पाइएको छ ।’

‘त्यो राति आफन्तहरूको पनि जमघट भएको रहेछ । राति ११ बजे श्रीमान र सासु माथिल्लो कोठामा सुतेछन्,’ उनले भने । प्रहरी घटनास्थल पुग्दा सुत्केरीलाई तताउन आगो बालेको पाइएको र घटनास्थलमा धुवाँको प्रभाव बाँकी नै रहेको पाइएको छ ।

मृतक महतारा र बहिनी रोकाया तल्लो कोठामा सुतेका मृतकका आफन्त तथा नेपाली कांग्रेस जुम्लाका उपसभापति कर्मा बुढाले बताए । ‘सोमबार विहान भने अबेरसम्म नउठेपछि आफन्तले ढोका फोडेपछि घटना थाहा भएको हो,’ उनले भने, ‘अब पोष्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप थाहा होला ।’


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ