२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशभेरीगंगाको जहरेमा नगर अस्पताल निर्माण गरिने

भेरीगंगाको जहरेमा नगर अस्पताल निर्माण गरिने


वीरेन्द्रनगर—सुर्खेतको भेरीगंगा नगरपालिका—९ ले जहरेमा नगर अस्पताल निर्माण गर्ने भएको छ । आइतबार नगरपालिकाको १५ औँ नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख यज्ञप्रसाद ढकालले उक्त स्थानमा १५ शैय्याको नगर अस्पताल निर्माण गर्न लागिएको जानकारी दिएका हुन् ।

उनले नगर अस्पताल निर्माणका लागि संघ तथा प्रदेश सरकारसँग समन्वय तथा सहयोगमा निर्माण गर्ने जानकारी दिए ।

अस्पताल निर्माण भएमा भेरीगंगा नगरपालिकाका नागरिकसँगै गुर्भाकोट र लेकबेशी नगरपालिकाका नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा राखिएको छ ।

आम नागरिको स्वास्थ्य पहुँचलाई सुनिश्चित गर्न नगर अस्पताल निर्माण गर्न लागिएको उनको भनाइ थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ