२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशचन्दननाथका पाँच जना महिला स्वयंसेविकालाई सम्मान

चन्दननाथका पाँच जना महिला स्वयंसेविकालाई सम्मान


जुम्ला –चन्दननाथ नगरपालिका भित्रका पाँच जना महिला स्वयंसेविकालाई सम्मान गरिएको छ । उमेरले ६० वर्ष नाघेका महिला स्वयंसेविकालाई सम्मान गरिएको छ ।

सम्मानित हुनेमा चन्दननाथ नगरपालिका–७ की पदमकली रावल, वडा नं. ४ की कुईरी खत्री, वडा नं. १० की कृष्णकला न्यौपाने, तुथकला शाही र कालिका भण्डारी रहेकी छन् ।

उनीहरुलाई प्रमाणपत्रसहित दोसल्ला र नगद दुई हजार रुपैयाँ प्रदान गरी सम्मान गरिएको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाकी सिनियर अनमी उषादेवी रावलले बताइन् । नगरपालिका भित्र ९० जना महिला स्वयंसेविका रहेकी छन् । ६० वर्ष नाघेका महिला स्वयंसेविकालाई कर्णाली प्रदेश सरकारले सेवा गरेबापत जनस्वास्थ्य कार्यालयमार्फत अन्तिममा २० हजार रुपैयाँ पनि प्रदान गर्ने व्यवस्था रहेको छ ।

चन्ददननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतकाअनुसार महिला स्वयंसेविकाको गाउवस्तीमा स्वास्थ्य सम्वन्धी सचेतीकरण गर्ने जस्ता जिम्मेवारी रहेका हुन्छ ।

विभिन्न खोप कार्यक्रमका विषयमा गाउँवस्तीमा सहजीकरण गर्ने, प्रथामिक उपचारका लागि स्वास्थ्य चौकीमा जान प्रेरित गर्ने, परिवार नियोजनका विषयमा सचेतीकरण गर्ने जस्ता कार्य महिला स्वयंसेविकाको जिम्मेवारी रहेको उनले बताए । महिला स्वयंसेविकाले महिना भरी गरेका गतिविधि तथा क्रियाकलाप समेटिएको प्रतिवेदन तयार गरी सम्वन्धित स्वास्थ्य चौकीमा बुझाउने गर्दछन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ