२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसल्यानमा बहुला कुकुरले टोक्दा प्रहरीसहित पाँच जना घाइते

सल्यानमा बहुला कुकुरले टोक्दा प्रहरीसहित पाँच जना घाइते


वीरेन्द्रनगर—बहुला कुकुरले टोक्दा सल्यानमा पाँच जना घाइते भएका छन् । सोमबार खलंगा र श्रीनगरका विभिन्न स्थानमा बहुला कुकुरले टोक्दा पाँच जना घाइते भएका हुन् ।

बहुला कुकुरको टोकाइबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालयका कार्यालय प्रमुख भीम पाण्डे, इलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत हवल्दार भीमबहादुर खडका, शारदा नगरपालिका–१ पटनेरीकी कमला खडका, धर्मा खडका र बलबहादुर हमाल घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमला बताए ।

इलाका प्रहरी कार्यालय सितल पाटीमा कार्यरत हवल्दार खडकालाई ड्युटीमा रहेका बेला, परियोजना इकाई प्रमुख पाण्डेलाई मोटरसाइकलमा यात्रा गरिरहेका बेला र अन्य स्थानीयलाई फरक फरक स्थानमा बहुला कुकुरले टोकेको प्रहरीले जनाएको छ ।

घाइते भएका सबै जिल्ला अस्पताल सल्यानमा उपचारपछि घर फर्किएका छन् । बहुला कुकुरले अन्यलाई पनि टोकेको पाइएको छ । मान्छेलाई जथाभावी टोक्ने बहुला कुकुरलाई प्रहरी, शारदा नगरपालिकाको पशु शाखा र स्थानीयले नियन्त्रणमा लिएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ