२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमुगुमा २० वर्ष नपुग्दैं गर्भवती हुने ३३ प्रतिशत

मुगुमा २० वर्ष नपुग्दैं गर्भवती हुने ३३ प्रतिशत


वीरेन्द्रनगर—मुगु जिल्लामा कलिलै उमेरमा बच्चा जन्माउनेको संख्या बढ्दै गएको छ । जिल्लामा सूचीकृत भएका ३३ वटा बर्थिङ संस्थाको तथ्यांकले कलिलै उमेरमा बच्चा जन्माउनेको संख्या संख्या बढ्दै गएको देखाएको छ ।

जिल्लामा २० वर्ष उमेर नपुग्दै गर्भवती हुनेको सङ्ख्या ३३ प्रतिशत रहेको छ । मुगु जिल्ला अस्पतालको आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार ३३ प्रतिशत किशोरीले २० वर्ष उमेर नपुग्दै गर्भवती हुने गरेको देखिएको हो ।

एक वर्षको अवधिमा जिल्लाको सोरू गाउँपालिका, खत्याड गाउँपालिका, मुगमकार्मारोङ गाउँपालिका, छायानाथ रारा नगरपालिका र जिल्ला अस्पताल मुगुमा जाँच गराउन आएका कुल एक हजार तीन सय १६ गर्भवतीमध्ये ३५० जना उमेर नपुग्दै गर्भवती भएको पाइएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।

मुगम कार्मारोङ गाउँपालिकाको बर्थिङ सेन्टरमा १०६ जना गर्भवती भएकामध्ये ११ जना किशोरी २० वर्षमुनिका रहेका छन् । सोरू गाउँपालिकामा २३८ गर्भवती भएकामध्ये ५१ जना २० वर्षमुनि रहेको पाइएको जिल्ला अस्पताल मुगुका कार्यालय प्रमुख कमल ढुंगानाले बताए ।

‘छायानाथ रारा नगरपालिकाको बर्थिङ सेन्टरमा ६२५ गर्भवती भएकामध्ये १० जना महिलाले उमेर नपुग्दै बच्चा जन्माएका छन्,’ उनले भने, ‘खत्याड गाउँपालिकामा ३४७ गर्भवती भएकामध्ये ६२ जना २० वर्षमुनिकाले बच्चा जन्माएका छन् ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ