२०८१ पुस २९, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा निःशुल्क आँखा शिविर हुँदै

जुम्लामा निःशुल्क आँखा शिविर हुँदै


काठमाडौं—नेपाल नेत्र ज्योति संघ चन्दननाथ आँखा अस्पतालको आयोजनामा जुम्लामा निःशुल्क आँखा शिविर बस्ने भएको छ। १६ देखि १८ चैत्रसम्म शिविर बस्ने भएको हो।

४१ औं निः शुल्क आँखा उपचार शिविर चन्दननाथ आँखा अस्पताल भारतीबाडा जुम्ला खलङ्गामा बस्ने भएको नेपाल नेत्रज्योति संघ जुम्लाका सचिव दीपेन्द्रविक्रम हमालले बताए।

‘शिविर बस्नुभन्दा अगाडि जिल्लाका विभिन्न स्थानमा मोतिविन्दु छनौट शिविर बस्नेछ,’ उनले भने।

उनका अनुसार मोतिविन्दु छनौट शिविर ४ चैत्रमा हिमा गाउँपालिकाको कालिका खेतु प्राथमिक स्वस्थ्य केन्द्रमा ५ चैत्रमा तिला गापा डुन्डेली स्वास्थ्य चौकीमा, ६ चैत्रमा तातोपानी गाउँपालिकाको लिताकोट स्वास्थ्य चौकीमा, ७ चैत्रमा त्रिभुवन मावि गुठीचौर ५ भारज्वालामा र ८ चैत्रमा पातारासी गाउँपालिकामा डिल्लीचौर स्वास्थ्यमा बस्नेछ।

त्यस्तै, शल्यक्रिया शिविरमा  नाम दर्ता शुल्क ५० रुपैयाँबाहेक अरु लाग्ने छैन। ‘मोतिविन्दुको अप्रेशन गर्नुपर्ने बिरामीहरुले आफ्नो ओढ्ने ओछ्याउने, लुगा र खानाको आफैले व्यवस्था गर्नुपर्नेछ,’ उनले भने ।

शिविर संचालनका लागि रिड्ले आई फाउण्डेशन नेपाल र नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश सुर्खेतको आर्थिक सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा सम्पन्न हुनेछ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ