सुर्खेतमा छुटेकालाई कोभिड-१९ विरुद्धको खोप लगाइँदै

वीरेन्द्रनगर—सुर्खेतका चार पालिकामा कोभिड—१९ विरुद्धको खोप लगाउन थालिएको छ । वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, चिङ्गाड गाउँपालिका र चौकुने गाउँपालिकामा खोप लगाउन थालिएको हो ।
१२ वर्षमाथिकालाई १ देखि ३ चैतसम्म खोप लगाइने स्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाइएको छ ।
स्वास्थ्य सेवा कार्यालय सुर्खेत र इपिक नेपालको संयुक्त आयोजनामा कोभिड—१९ विरुद्धको खोप लगाउन थालिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय सुर्खेतका खोप फोकल पर्सन घनश्याम बुढाले बताए ।
‘पश्चिम सुर्खेतका बासिन्दा रोजगारका लागि भारततिर जाँदा विगतमा खोप छुटेकाले खोप लगाउन थालिएको हो,’ उनले भने, ‘पञ्चपुरी, चौकुने, बराहताल पालिकाका बासिन्दा मौसमी रोजगारीका लागि भारततिर जाने गर्छन् । अहिले उनीहरू घर फर्कन थालेकाले पुनः खोप लगाउन लागिएको छ ।’
चार वटा पालिकाका लागि १९ हजार ८०० डोज खोप आइसकेको छ । एउटा पालिकामा तीन हजार तीन सय डोज खोप छुट्याइएको बुढाले बताए ।
सुर्खेत जिल्लामा कोभिड–१९ को पहिलो डोजको खोप कभरेज ९२ प्रतिशत छ । दोसो डोजको खोप कभरेज केही घटेर ८१ प्रतिशतमा झरेको छ ।
पहिलो बुस्टर डोजको कभरेज ३७ प्रतिशत र दोस्रो बुस्टर डोजको कभरेज १.४ प्रतिशत मात्रै रहेको स्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।
धेरै पढिएका
- १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए
- २ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा
- ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
- ५ योग के हो ? यसका प्रकार र फाइदा
- ६ स्वास्थ्य बीमा ५ लाख पुग्छ पुग्छ–स्वास्थ्य मन्त्री पौडेल (मन्तव्यको पुर्ण पाठ सहित)
- ७ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश
तपाईको प्रतिक्रिया दिनुहोस