२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी जुम्लाका गाउँ-गाउँमा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी जुम्लाका गाउँ-गाउँमा


जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी गाउँ—गाउँमा पुग्ने गरेका छन् । सामुदायिक स्वास्थ्य निरुपण सम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लागि उनीहरु जुम्लाका गाउँ—गाउँमा पुग्ने गरेका हुन् ।

प्रतिष्ठानमा स्नातक तहअन्तर्गत बीपीएच दोस्रो वर्ष र एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीले सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम सञ्चालन गर्न हिमा गाउँपालिका–६ पाथरखोला गाउँमा पुगेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक पाठ्यक्रम बमोजिम अध्ययनरत विद्यार्थीलाई समुदायिक स्वास्थ्य निरुपणको लागि करिब एक महिनासम्म हिमा गाउँपालिका भित्रका बस्तीहरुमा पठाएको छ ।

समुदायको स्वास्थ्य स्थिति पहिचान गर्न, स्वास्थ्य सेवा र स्वास्थ्य समस्या प्रति ज्ञान दृष्टिकोण र अभ्यासहरू मूल्याङ्कन गर्न, समुदायमा स्वास्थ्य समस्याको सम्भावित निर्धारकहरू पहिचान गर्न समुदायमा पुगेका हुन् । जोखिममा रहेका जनसंख्याको पहिचान गर्न, बाहिर निस्कने र सम्भावित स्रोतहरू अन्वेषण गर्न, स्वास्थ्य समस्यालाई प्राथमिकता दिनुपर्छ र सामुदायिक सदस्यहरूसँग मिलेर यी समस्याहरू समाधान गर्न निर्देशित उपयुक्त सूक्ष्म स्वास्थ्य परियोजनाहरू विकास गर्नको लागि करिब एक महिनासम्म समुदायस्तरमा यस कार्यक्रम सहभागी भइरहेको बीपीएचमा अध्ययनरत विद्यार्थी दिलिप हरिजनले बताए ।

हिमा—१ को स्वास्थ्य चौकीमा २२ फागुनमा अभिमुखीकरण गरिएको थियो । जसमा वडाध्यक्ष, प्रहरी, ट्राफिक प्रहरी प्रमुख, शिक्षक, महिला स्वयंसेविकालगायत समुदायका नागरिकको बाक्लो उपस्थितीमा सामुदायिक स्वास्थ्य निरुपण अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिष्ठानले २२ फागुनदेखि २१ चैतसम्म संचालन हुने सामुदायिक स्वास्थ्य निरूपणको लागि पठाइएको हुँदा यस अवधिभर आवश्यक सहयोग गरिदिन आग्रह गरेको छ । विद्यार्थीले गरेका यस अवधिभर सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रमको तथ्यांक सञ्चालन गर्ने र ३० औं दिनमा प्रस्तुत गरिने प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबल धामीले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ