२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहिउँमा फसेका नागरिकको उद्धारपछि उपचार सुरु

हिउँमा फसेका नागरिकको उद्धारपछि उपचार सुरु


जुम्ला—जुम्लाको बजेडी पाटनमा हिउँमा फसेका जडिबुटी संकलक नागरिकको उद्धारपछि उपचार सुरु गरिएको छ । बुधबार तातोपानी गाउँपालिका–७ मुछलदेउ र बाँरागाउँका जडीबुटी संकलक नागरिकलाई हेलिकोप्टरमार्फत उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार सुरु गरिएको हो ।

जीविकोपार्जनका लागि बजेडी पाटनमा उक्लेका उनीहरू हिउँमा फसेपछि सम्पर्कविहीन भएका थिए । लामो खोजतलासपछि उनीहरू सम्पर्कमा आएसँगै नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी बुधबार अस्पतालमा उपचारका लागि लगिएको हो ।

नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिनेमा २८ वर्षीय अत रावत, ४० वर्षीया दीपा रावत, ५७ वर्षीया गैरी रावत, ४० वर्षीया हरिशोभा रावत, ५७ वर्षीया सुशीला रावत, ४० वर्षीया जगमती रोकाया, २७ वर्षीय संसार थापा र २७ वर्षीया गोरी रावत रहेको नेपाली सेनाले जनाएको छ ।

तातोपानी गाउँपालिका– ७ बाँरागाउँ र मुछालदेउ गाउँका ६ जना महिला र दुईजना पुरुष गरी आठजना यसअघि पाटन हिउँमा फसेको पालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । ‘निरन्तरको पहलपछि सबैलाई सकुशल उद्धार गर्न सफल भयौं,’ उनले भने ।

स्थानीय तहका जनप्रतिनिधि, प्रहरी प्रशासन, आन्तरिक मामिला मन्त्रालय, गृह मन्त्रालय, प्रदेश सांसद, नन्दाबक्स गण जुम्लाको निरन्तर प्रयासपछि हिउँमा फसेका नागरिकको उद्धार भएको गाउँपालिका प्रवक्ता अमरबहादुर रोकायाले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ