कर्णालीमा भिटामिन भएको चामल बिक्री गरिने

वीरेन्द्रनगर—कर्णालीमा भिटामिनयुक्त चामल बिक्री गरिने भएको छ । पौष्टिक तत्व कम हुँदा कुपोषण कायमै रहेपछि खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले कर्णालीमा पौष्टिक तत्व स्तरोन्नती गरिएको चामल (फोर्टिफाइड राइस) बिक्री गर्न थालेको हो ।
फोर्टिफाइड राइसमा भिटानिम ‘ए’, भिटामिन ‘बी’, भिटामिन ‘बी २’, भिटामिन ‘बी ६’, भिटामिन ‘बी १२’, जिंक, आइरन, फोलिक एसिडलगायत शारीरिक र मानसिक स्वास्थ्यका लागि आवश्यक अन्य तत्त्व मिसाइएको खाद्य व्यवस्था तथा व्यापार केन्द्रका बिक्री–वितरण विभागका प्रमुख भीम थापाले बताए ।
‘सुक्ष्म पोषण तत्त्व मिसाइएको चामल हाम्रो भान्सामा पाक्नेछ। ठूला मिलहरूबाट आठथरी सूक्ष्म पोषण तत्त्व मिसाएर चामल उत्पादन थालिएको छ,’ उनले भने, ‘पहिलो चरणमा कर्णालीका जिल्लाहरूमा वितरण गर्ने गरी ६ सय मेट्रिक टन चामल सुर्खेत ल्याइएको छ ।’
पोषण तत्त्वको कमीका कारण २५ प्रतिशत बालबालिकामा पुड्कोपना देखिएको थापाले बताए । ‘यी तत्वको कमीले पुड्कोपना, रक्तअल्पता हुने, शरीरमा रोगसँग लड्ने प्रतिरक्षा क्षमता कमी हुने हुनाले त्यस्ता समस्या क्रमसः हटाउँदै लाने उद्धेश्यअनुरूप सरकारले चामलमा यी तत्वहरू समावेश गरेर मात्र बजारमा पठाउने प्रबन्ध मिलाएको हो,’ उनले भने, ‘धेरै नेपालीको भान्छामा एक छाक अनिवार्य भात नै हुने भएकाले चामलमै मिसाउन उचित ठान्यौं ।’
धेरै पढिएका
- १ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए
- २ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा
- ३ रिजर्भ एन्टिवायाेटिक अस्पताल फार्मेसीबाट मात्र विक्री गर्ने सूचनामा असहमति छ- नेपाल फार्मेसी संघ
- ४ कसरी गर्ने छालाको हेरचाह ?
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ?
- ७ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
तपाईको प्रतिक्रिया दिनुहोस