२०८१ पुस १७, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशधामी झाँक्री भन्छन्, ‘बिरामी हुँदा हामी कहाँ आउने होइन्, स्वास्थ्य संस्था जानुहोस्’

धामी झाँक्री भन्छन्, ‘बिरामी हुँदा हामी कहाँ आउने होइन्, स्वास्थ्य संस्था जानुहोस्’


जुम्ला— जुम्लाको हिमा गाउँपालिका भित्रका धामी झाँक्रीले बिरामी हुँदा आफू कहाँ नआएर पहिले स्वास्थ्य संस्थामा उपचार गर्न जान सुझाव दिने गरेको छ ।

गाउँपालिकाको समन्वय प्लान नेपाल र पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित सशक्त पालिका परियोजनाअन्तर्गत धार्मिक अगुवासँग सकारात्मक यौनिकता सम्बन्धी अभिमुखीकरण कार्यक्रममा धामी, झाँक्रीले यस्तो सुझाएका हुन् ।

समाजमा धामी, झाँक्रीलाई महिनावारी भएको बेलामा छोइछिटो छुन नदिने, महिनावारी बार्ने, सुत्केरी भएको अवस्थामा नछुने, बिरामी हुँदा अस्पताल नपठाउनेजस्ता सामाजिक हानिकारक अभ्यास गर्दै आएको एक किसिमको आरोप छ । तर, हिमा गाउँपालिका भित्रका धामी झाँक्रीले भने यस्ता सामाजिक अभ्यासलाई परिवर्तन गर्दै आएको जनाएका छन् ।

धार्मिक अगुवा धामी, झाँक्रीको कार्यक्रममा लिङ्गका आधारमा गरिने परम्परागत विभेद एवं किशोरी र महिलाहरुले सामना गर्दै आएका समस्याहरुका बारेमा पनि छलफल भएको थियो ।

कालिका देवताका धामी रत्नबहादुर शाहीले भने, ‘हामी धामी र हाम्रो देवी देवताका तर्फबाट बनाएका सामाजिक हानिकारक चलनले बालबालिका, किशोरी र महिलाको अधिकार हनन भएको छ । अब हामी परिवर्तन हुन्छौं । यी बनाएका चलनलाई परिवर्तन गर्ने छौं ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ