२०८१ पुस २०, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदैलेखमा ७ पुसबाट टाइफाइड विरुद्धको खोप अभियान संचालन हुने

दैलेखमा ७ पुसबाट टाइफाइड विरुद्धको खोप अभियान संचालन हुने


वीरेन्द्रनगर—दैलेखमा ७ देखि २० पुससम्म टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लास्तरीय खोप समन्वय समितिको बैठकले ७ पुसबाट अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

एक वर्षभन्दा बढी उमेरका बालबालिकाको लागि खोप सेवा विस्तार गर्दै जाने स्वास्थ्य सेवा कार्यालय दैलेख खोप व्यवस्थापक थिरप्रसाद रेग्मीले बताए । ‘सबै पालिकालाई समन्वय गरेर अगाडि बढ्नेछ,’ उनले भने, ‘१६ वर्षदेखि ४५ वर्ष उमेर समूहलाई टाइफाइड खोप दिन लागिएको हो ।’

टाइफाइड खोप अभियानको लक्ष्य, उद्देश्य र सञ्चालन प्रक्रिया तथा उपलब्धी तथा अवस्थाको बारेमा सरेकारवालाहरुलाई जानकारी गराई स्थानीयस्तरमा त्यसको पहुँच वृद्धि गर्ने उद्देश्यले अभिमुखीकरण सञ्चालन गरिएको प्रमुख रेग्मीले जानकारी दिए ।

दैलेखका ११ वटा पालिकामा खोप सम्बन्धि तालिम स्वास्थ्यकर्मीलाई दिने उनले समेत जानकारी दिए ।

‘पहिलो चरणमा ७ पुसदेखिदेखि २० गतेसम्म दैलेखका चामुण्डाबिन्द्रासैनी नगरपालिका ,दुल्लु नगरपालिका आठबिस नगरपालिका ,ठाटीकाँध गाँउपालिका, दोस्रो चरणमा नारायण नगरपालिका ,भैरवी गाँउपालिका,नौमुले गाँउपालिका,महाबु गाँउपालिका, तेस्रो चरणमा गुराँस गाँउपालिका ,डुवेश्वर गाँउपालिका, भगवती गाँउपालिका खोप अभियान संञ्चालन गरिनेछ,’ उनले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ