२०८१ पुस २०, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा तीन महिना पौष्टिक आहार अपुग हुने

जुम्लामा तीन महिना पौष्टिक आहार अपुग हुने


जुम्ला—जुम्लामा १२३ दशमलव १४१ मेट्रिक टन पौष्टिक आहार (लिटो पिठो) वितरण गरिएको छ । नेपाल सरकार, विश्व खाद्य कार्यक्रमको सहयोग तथा एमडिआईको प्राविधिक सहयोगमा पौष्टिक आहारा वितरण गरिएको हो ।

पौष्टिक आहार बैशाखदेखि पुस महिनासम्म मात्रै वितरण गर्न पुग्ने अवस्था रहेको जनाएको छ । बाँकी माघ, फागुन, चैत करिब तीन महिना हरेक वर्ष पौष्टिक आहार अपुग नै हुने गरेको एमडिआई जुम्ला संयोजक नविन रावलले बताए ।

‘पौष्टिक आहार खरिद गर्न र ल्याब परीक्षण गर्न समय लाग्ने गरेको छ । १२ महिना पौष्टिक आहार वितरण गर्न स्थानीय स्तरबाट माग हुने गरेपनि त्यसको समाधान हुन सकेको छैन्,’ रावलले भने, ‘हामीले पनि प्रतिवेदनमार्फत सम्वन्धित निकायलाई भन्ने गरेका छौं । तर, सुनुवाई हुन सकेको छैन ।’

पोषणमा सुधार ल्याउनका लागि पौष्टिक आहारा वितरण गरिएको एमडिआई जुम्लाका संयोजक रावलले बताए । उनले भने, ‘गर्भवती महिला, जन्मेदेखि ६ महिनासम्मका दुई हजार २९४ जना बालबालिका र ६ महिनादेखि २३ महिनासम्मका ३ हजार ६७५ जना गरी जम्मा पाँच हजार ९६९ जना बालबालिका लाभग्राही रहेका छन् ।’

यस्तै, पोषणमा सुधार ल्याउन र स्वास्थ्य सरसफाईमा ध्यान दिन पनि सुझाएको छ । आमा समूहको बैठक, स्थानीय खाद्यान्नको प्रयोग खाने तरिका खाना बनाएर प्रदर्शनीजस्ता कार्यक्रम पनि गरिएको एमडिआई जुम्लाले जनाएको छ ।

पोषण सन्देश रेडियो जिङ्गल, महिला स्वयम् सेविकालाई पोषण सुधार सम्वन्धी तालिम, गर्भवती महिला तथा बच्चा हेरालो र धरालोलाई पौष्टिक आहार वितरण र स्थानीय खाद्यान्नबाट पोषण परिकार बनाउन परामर्शजस्ता कार्यक्रम पनि गरिएको जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ