गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रादेशिक अस्पतालमा उपचाररत एक घाइतेको मृत्यु कर्णाली प्रादेशिक अस्पतालमा उपचाररत एक घाइतेको मृत्यु हेल्थ आवाज शुक्रबार, २०८० कात्तिक २४ गते, १२:१३ मा प्रकाशित वीरेन्द्रनगर– कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचाररत एक घाइतेको मृत्यु भएको छ । भूकम्पमा परी घाइते भएका रुकुमपश्चिम चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरोज विष्टको प्रादेशिक अस्पतालमा उपचारका क्रममा शुक्रवार बिहान मृत्यु भएको हो । कार्तिक १७ गते मध्यरातमा जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु मध्यरातमा गएको शक्तिशाली भूकम्पमा परी विष्ट गम्भीर घाइते भएका थिए । भएका कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा विष्टको शुक्रवार बिहान ८ बजेतिर मृत्यु भएको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताए । विष्ट २०७७ भदौ ९ गतेदेखि नगर प्रहरी जवानमा कार्यरत रहेको उनी वडा नम्बर ८ को गोइरी जिउलामा ढुङ्गा, गिट्टी तथा बालुवा नियन्त्रणमा खटिएको बेला घाइते भएको नगरपालिकाले जनाएको छ । मोटरसाइकलमा जाँदै गर्दा माथिबाट पहिरो खस्दा उनलाई टाउकोमा गम्भीर चोट लागेको थियो । विष्टको मृत्युसँगै जाजरकोट केन्द्रबिन्दु भएर मृत्यु हुने सङ्ख्या १५४ पुगेको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली सरकार नसर्ने रोग न्यूनीकरण गर्न ४० वर्षमाथिका नागरिकको निःशुल्क… महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः… कालीकोटमा निःशुल्क आँखा शिविर सञ्चालन कर्णालीका मुख्यमन्त्रीको एक वर्षः डोल्पामा अस्पतालको नयाँ भवनदेखि किशोरीलाई एचपीभी… कर्णालीका ५५ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर अत्याधिक रक्तस्राव भएकी सुत्केरीको हेलिकप्टरबाट उद्दार धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ? शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए किन झमझमाउँछ शरीर ? कसरी गर्ने उपचार ?