२०८१ पुस २३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा ७६ प्रतिशत भौतिक सुधार

कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा ७६ प्रतिशत भौतिक सुधार


वीरेन्द्रनगर– कर्णाली प्रदेशमा स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । विगतका वर्षहरूको तुलनामा सुधारोन्मुख हुँदै गएको पाइएको हो ।

बुधवार प्रदेश सरकार स्वास्थ्य सेवा निर्देशनालयद्वारा आयोजित आर्थिक वर्ष २०७९÷०८० को वार्षिक समीक्षा गोष्ठीमा कर्णालीको स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको जनाइएको हो ।

यो आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा सुधारको भौतिक प्रगति ७६ प्रतिशत रहेको स्वास्थ्य सेवा निर्देशक डा. रविन खड्काले बताए । अघिल्लो वर्ष ५६ प्रतिशत मात्रै रहेको थियो । उनकाअनुसार अघिल्ला वर्षहरूको तुलनामा प्रदेशमा यो वर्ष स्वास्थ्यमा केही सुधार हुँदै गएको छ । ‘कर्णालीमा जनशक्ति र उपकरणको कमी भए पनि सीमित स्रोत साधनबाट उल्लेखनीय सेवा दिन सफल भएको छ ।’ उनले भने,‘अवस्थामा सुधार भए पनि दिगो विकास लक्ष्य भेट्टाउन अझै मेहनत गर्नुपर्ने छ ।’

सुर्खेतको बराहताल, जुम्लाको तातोपानी, डोल्पाको डोल्पो बुद्ध, शे–फोक्सुण्डो, छार्कातोक्सोङ, जाजरकोटको शिवालय, जुनीचाँदे, कालीकोटको तिलागुफा पालिकामा संस्थागत सुत्केरी सेवा सञ्चालन हुने गरेको डा. खड्काले बताए ।

विगतको तुलनामा कर्णालीको स्वास्थ्य क्षेत्रमा अहिले केही सुधार आए पनि पर्याप्त नभएको प्रदेश सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेलले बताए । ‘सबै कर्णालीवासीले सहज स्वास्थ्य सेवा पाउने अधिकार पूर्तिका लागि स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरूको उल्लेख्य भूमिका हुने भएकाले आफ्नो क्षेत्रमा अझ खटिन आवश्यक रहेको छ ।’ उनले भने,‘आगामी आर्थिक वर्षमा कमजोर पालिका र जिल्लालाई प्राथमिकतामा राख्न जरुरी रहेको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ