२०८१ पुस २३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकालिकोटको पलाँताका ७७ जनाको आँखाको ज्योति फर्कियो

कालिकोटको पलाँताका ७७ जनाको आँखाको ज्योति फर्कियो


वीरेन्द्रनगर– कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा ७७ जना आँखाका बिरामीको शल्यक्रिया गरिएको छ । जिल्ला आँखा उपचार केन्द्र कालिकोट र नेत्र ज्योति सङ्घ कालिकोटको समन्वयमा सञ्चालन भएको आँखा शिविर भएको थियो ।

उक्त शिविरबाट मोतीबिन्दु भएका ७७ जनाको आँखाको ज्योति फकिएको हो । ३९ जना महिला र ३८ जना पुरुष गरी ७७ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको स्वास्थ्य शाखाका कर्मचारी विनोद न्यौपानेले बताए ।

गाउँपालिकामा आँखाका बिरामी धेरै भएकाले शिविर सञ्चालनका लागि हिमालय आँखा अस्पताल पोखराको सहयोगमा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर रोकायाले बताए ।

शिविरमा तीन सयभन्दा बढीले आँखा जाँच गरिएको थियो । त्यसमध्ये ७७ जनाको आँखाको शल्यक्रिया गरेर नयाँ ज्योति पाएको गाउँपालिका अध्यक्षको भनाई छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ