२०८१ पुस २३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशगाउँ–गाउँमा आँखा शिविर चलाएर बिरामी खोज्दै पलाँता गाउँपालिका

गाउँ–गाउँमा आँखा शिविर चलाएर बिरामी खोज्दै पलाँता गाउँपालिका


वीरेन्द्रनगर—कालिकोटको पलाँता गाउँपालिकाले गाउँ–गाउँमा आँखा शिविर चलाएर आँखाका बिरामी खोज्न थालेको छ । १० असोजदेखि गाउँपालिकाले गाउँ–गाउँमा आँखा शिविर चलाएर बिरामी खोज्न थालेको हो ।

गाउँपालिकाले आयोजनामा जिल्ला आँखा उपचार केन्द्र कालिकोटको समन्वयमा गाउँ–गाउँमा आँखा शिविर चलाएर आँखा बिरामी खोज्न थालेको हो ।

गाउँपालिकाले सञ्चालन गरेको आँखा शिविरबाट हालसम्म धौलागोह एक सय ९६ जनाले सेवाग्राहीले बहिरंग सेवा लिएकोमा ३३ मोतियाविन्दु देखिएको जिल्ला आँखा उपचार केन्द्र कालीकोटको नेत्र सहायक मंगलकुमार खड्काले जानकारी दिए ।

‘हामीले १० गतेबाट शिविर सञ्चालन गर्दै आएको छौं,’ उनले भने, ‘गाउँ–गाउँमा पुगेर आँखाको उपचारका लागि स्क्रिनिङ गर्ने काम भएको छ ।’

आँखाको उपचारमा आएका सेवाग्राही स्क्रिनिङ गरेर १७ गतेबाट मोतियाविन्दू देखिएका बिरामीको गाउँपालिकामा नै शिविर राखेर उपचार गरिने जिल्ला आँखा उपचार केन्द्र कालीकोटको नेत्र सहायक खड्काले बताए । ‘हिमालय आँखा अस्पतालको सहयोगमा पालिका नै शिविर राखेर मोतियाविन्दुको अप्रेसन हुनेछ,’ उनले भने, ‘त्यसका लागि भोलि पर्सी पनि बिरामी खोज्ने काम हुनेछ ।’

गाउँपालिकामा आँखाको उपचारको समस्या धेरै आएकाले गाउँपालिकाले आयोजना गरेर गाउँ–गाउँमा गएर आँखाका बिरामी खोज्ने काम भएको यही हप्तामा नै शिविर राखेर आँखाको उपचार गरिने गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर रोकायाले बताए ।

‘मोतियाविन्दु भएका, आँखामा मासु पलाएका, मासुको डल्लो भएका, परेला आँखाभित्र पसेकोलगायत समस्याका सर्वसाधारणलाई लक्षित गर्दै शिविर संचालन गरेका हौं,’ उनले भने, ‘आँखा गुमाएका खासगरी वृद्धवृद्धाले शिविरमा अप्रेसनपछि निःशुल्क औषधी पाउनु हुनेछ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ