२०८१ पुस २४, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीका सबै स्वास्थ्य संस्थाको समस्या समाधान गर्न पहल

कर्णालीका सबै स्वास्थ्य संस्थाको समस्या समाधान गर्न पहल


सुर्खेत–कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले कालीकोट जिल्ला अस्पतालमा रहेका समस्याको समाधान गर्न आवश्यक पहल गर्ने बताएका छन् ।

सोमबार स्वास्थ्य प्रवद्र्धन सम्बन्धि पत्रकार तथा सरोकारवालासँको अन्तरक्रिया कार्यक्रममा मन्त्री पोखरेलले प्रदेशका १० वटै जिल्लामा रहेका स्वास्थ्य संस्थालाई सामाजिक विकास मन्त्रालयबाट सक्दो सहयोग गरेर स्वास्थ्य क्षेत्र मजबुद बनाउने बताएका हुन् ।

कालीकोटको स्वास्थ्य क्षेत्रलाई सुधार उन्मुख बनाउन आवश्यकल पहल गरिनुका साथै बजेटको व्यवस्थापन गरिनेसमेत उनले प्रतिवद्धता गरे । उनले भने,–‘कर्णाली प्रदेशका १० वटै जिल्लामा रहेका अस्पतालसँगै अन्य भौतिक संरचनाको कामलाई तिब्रता दिनुका साथै निर्माण कार्यमा सहयोग गर्नु छ ।’

अन्तरक्रिया कार्यक्रममा जिल्ला अस्पताल कालीकोटका समस्या तथा चुनौतिका बारे छलफल गरिएको थियो । जिल्ला अस्पताल कालीकोटमा खानेपानीको अभाव, अस्पताल क्षेत्रलाई आवश्यक पर्ने जग्गा नहुनु, शव वाहनको व्यवस्था नभएको, जिर्ण भवन भएको जस्ता समस्या रहेको डाक्टर संकेत विश्वकर्माले जनाए । भौगोलिक विकटताका कारण असहजता भएपनि बिरामीको उपचारमा कमी नगरेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डाक्टर विश्वकर्माले बताए ।

दक्ष जनशक्तिको माग, भौतिक संरचना निर्माण, आवश्यक मेसिन तथा अन्य सामाग्रीहरुको सहजता गरिदिन प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्क बहादुर पोख्रेलसँग आग्रह गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ