२०८१ पुस २४, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशडाक्टर कुटिएको विरोधमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलित

डाक्टर कुटिएको विरोधमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी आन्दोलित


जुम्ला– डाक्टरमाथि कुटपिट भएको विरोधमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । देशभरका अस्पताल बन्द गरेर डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । यही भदौ २७ गते सन्चो अस्पताल हेटौँडाका दुई जना डाक्टरमाथि कुटपिट भएपछि देशभरका चिकित्सक, स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टरहरु पनि आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठानमा आकस्मिकबाहेकका सेवा ठप्प छ । डाक्टरहरु भने अस्पतालबाहिर आन्दोलित छन् ।

आफूहरुलाई काम गर्ने वातावरण नभएका र सुरक्षित महसुस नहुने भएको हुनाले आन्दोलनमा उत्रिनु परेको नेपाल चिकित्सक संघ जुम्लाका उप सभापति डा. कमल थानीले बताए । उनका अनुसार विरोधका कार्यक्रमहरु केन्द्रीय कार्यालयले तोके बमोजिम हुनेछन् । ‘बिरामी बाँचुन्जेल ठिक र बिरामी निको हुन नसक्ने अवस्था वा तलमाथि हुँदा डाक्टर कुट्ने चलनले हामीलाई सेवा बन्द गर्न बाध्य बनाएको हो,’ उनले भने, ‘हामीले हाम्रो सुरक्षाका होस् र कार्य वातावरण बनोस भनेर अस्पताल बन्द गर्नु परेको हो ।’

चिकित्सक, स्वास्थ्यकर्मीहरुले हामी भगवान होइनौं, केवल इमान्दार प्रयास मात्र गर्न सक्छौं, जेल विथ आउट बेला, जष्टिस फर डा. विकास जस्ता प्लेकार्ड बोकेर डाक्टरहरु हातमा कालो पट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ