२०८१ पुस २४, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा नियम विपरित सञ्चालित मेडिकललाई जरिवाना

जुम्लामा नियम विपरित सञ्चालित मेडिकललाई जरिवाना


जुम्ला–जुम्लामा नियमविपरित सञ्चालित मेडिकल हललाई जरिवाना गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज बाँके, जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले संयुक्त मेडिकल अनुगमन गरेको हो ।

अनुगमनमा क्रममा औषधी खरिद र बिक्रीको अभिलेख नराखेको तथा मेडिकल नवीकरण नगरेको, नियम विपरित मेडिकल सञ्चालित देखिएपछि जरिवाना गरिएको हो ।

ओम मनिष पोलिक्लिनिक एण्ड रेफरल सेन्टरलाई ५० हजार रुपैयाँ, चन्दननाथ औषधी पसल ५० हजार रुपैयाँ र कर्णाली मेडिकललाई २० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

मेडिकलहरू अव्यवस्थित र दायराभन्दा बाहिर सञ्चालन गरेको पाइएको छ अनुगमनमा संलग्नहरुले बताएका छन् । जुम्लाको सदरमुकाम खलंगामा बजारमा अवस्थित चन्दननाथ नगरपालिका विभिन्न ठाउँमा सञ्चालनमा रहेका मेडिकलमा अनुगमन गर्दा धेरै समस्याहरू देखिएका छन् । चेक जाँच गर्ने ठाउँ तथा औषधी राख्ने ठाउँ पनि राम्रो नभएको अनुगमन टोलीले बताएको छ ।

बजारमा अखाद्य वस्तु विक्री वितरण

यहाँको साना ठूला बजारमा म्याद गुजे्रका अखाद्य बस्तु विक्री वितरण हुने गरेको पाइएको छ । खाद्यान्नतर्फ ६ वटा पसल अनुगमन गरिएको थियो । ५० हजार ७ सय ३६ रुपैयाँ बराबरको म्याद गुज्रिएको सामान बरामद गरी नष्ट गरिएको छ ।

चियापत्ती, डेरी मिल्क, डाइपर, ललीपप, माल्टा क्रिम, स्किन क्रिम, वियर, पापड, ड्राइफुड्स, सनफ्लावर तेल, धारा तेल, स्वस्तिक तेल, किसमिस चाउचाउ मिठाइँ, दालमोठलगायतका सामान जफत गरिएको थियो ।

लुम्बिनी ट्रेडर्स, सागर ट्रेडर्स, लुना स्टोर्स एण्ड सप्लायर्स, बुढा जनरल स्टोर्स, न्यु श्रृष्टि जनरल स्टोर्स र पाल्पाली जनरल स्टोर्समा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय जुम्लाका प्रमुख डा. ईश्वर सुवेदीले बताए । ‘अनुगमनको क्रममा कैफियत भेटिएका सबै मेडिकल र पसलमा आवश्यकताअनुसार सल्लाह सुझाव दिइएको छ,’ उनले भने ।

सागर ट्रेडर्सबाट १० हजार रुपैयाँ, लुना स्टोर्स एण्ड सप्लायर्स १० हजार रुपैयाँ, पाल्पाली जनरल स्टोर्सबाट पाँच हजार र न्यू बुढा जनरल स्टोर एण्ड सप्लायर्सलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

त्यस्तै, सागर ट्रेडर्स र बुढा जनरल स्टोर्सलाई चेतना दिइएको अनुगमन टोलीले जनाएको छ । सल्लाह सुझावलाई कार्यन्वयन गर्न पनि अनुगमन टोलीले निर्देशन गरेको छ ।

लुम्बिनी, सागर, लुना, बुढा, न्यू श्रृष्टि र पाल्पाली जनरल स्टोरबाट ५० हजार ७३६ रुपैयाँ बराबरको म्याद नाघेका अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय बाँकेका प्रमुख विष्णुप्रसाद धितालले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ